काठमाडौं । नेपाल क्लियरिङ्ग हाउसको सञ्चालक समितिले प्रस्ताव गरेको ३८ प्रतिशत बोनश सेयर वितरण गर्ने प्रस्ताव बुधबार सम्पन्न नवौं वार्षिक साधारणसभाले पारित गरेको छ । बोनश सेयर पारित भएसँगै कम्पनीको चुक्ता पुँजी ४१ करोड १ लाख रुपैयाँ पुगेको छ ।
साथै बोनस शेयरको कर प्रयोजनका निम्ती २ प्रतिशत नगद लाभांश पनि वितरण गर्ने निर्णय गरेको छ । कम्पनीले पूँजी वृद्धी मार्फत भुक्तानी प्रणाली पूर्वाधार विकास तथा विस्तार गर्ने, थप प्रणालीहरु स्थापना गर्ने तथा जोखिम व्यवस्थापनलाई सुढृढ बनाउने साथै नेशनल पेमेन्ट स्वीचको कार्यान्वयन पनि गर्ने योजना बनाएको छ ।
आ.व. २०७६÷७७ मा कम्पनीकोभुक्तानी कारोबारहरुमा उल्लेख्यरुपमा वृद्धि भए पनि कम्पनीको खुद नाफा २२.२ प्रतिशतले घटेको छ । त्यसैगरी कम्पनीले कुल पुँजी तथा जगेडा कोषको अनुपातमा २९ प्रतिशत बराबरको नाफा (रिटर्न अन क्यापिटल इम्प्लोइड) प्राप्त गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले कम रहेको छ ।
कम्पनीको खुदनाफा घट्नुका कारणहरु भने कम्पनीले सञ्चालन गर्दै आएका धेरैजसो भुक्तानी प्रणालीहरुमा कारोबार शुल्क घटाइएको, २०७६ चैत्र ११ देखि २०७७ असार मसान्त सम्मको पहिलो लकडाउनको चरणमा कारोबार शुल्क पूर्णरुपमा मिनाह गरिएको, सरकारी लगायतका निकायका भुक्तानीमा शुल्क परिमार्जन गरिएको तथा डिजिटल भुक्तानीको क्षेत्रको विद्यमान प्रतिस्पर्धा रहेको जनाएको छ ।
बैठकले कम्पनीको संञ्चालक समितिमा वाणिज्य बैंकहरुलाई प्रतिनिधित्व गर्नु हुने ३ नयाँ संञ्चालकहरुको निर्विरोध चयन पनिगरेको छ । हाल वाणिज्य बैंकलाई प्रतिनिधित्व गर्नु हुने संञ्चालकहरुको कार्यकाल समाप्त भए सँगै ती पदमा हिमालयन बैंकका जनेरल म्यानेजर उज्ज्वल राजभण्डारी, ग्लोबल आईएमई बैंकका वरिष्ठउप-प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा सिद्धार्थ बैंकका आइटी प्रमुख सृजन मल्ल निर्वाचित भएका छन् ।
नेपाल राष्ट्र बैंकको १० प्रतिशत र बैंक तथा वित्तीय संस्थाहरुको ९० प्रतिशत स्वामित्व रहेको यस कम्पनीको सञ्चालक समितिमा नेपाल राष्ट्र बैंकका तर्फबाट एक जना, वाणिज्य बैंकका तर्फबाट ३ जना, विकास बैंकका तर्फबाट एक जना र फाईनान्स कम्पनीका तर्फबाट एक जना गरी हाल ६ जनाप्रतिनिधी रहेका छन् ।
कम्पनीले आ.व. २०७६/७७माकुल ९७ खर्ब बराबरको २.०६ करोड भुक्तानी कारोबारहरु राफसाफ गरेको थियो । हाल ६३ सदस्य बैंक तथावित्तीय संस्थाहरुका ५ हजार ८०० शाखाहरुबाट कम्पनीले आफ्ना सेवाहरु प्रदान गरिरहेको छ भने कम्पनीमा ५८ गैरबैंकिङ संस्थाहरु समेत आवद्ध छन् ।
SHARE YOUR THOUGHTS