५० अर्ब पुँजी पुर्याउन मर्जरका लागि अर्को वाणिज्य बैंक खोज्दै हिमालयन र इन्भेष्टमेन्ट बैंक « Eglish Khabarhub

५० अर्ब पुँजी पुर्याउन मर्जरका लागि अर्को वाणिज्य बैंक खोज्दै हिमालयन र इन्भेष्टमेन्ट बैंक


५ जेष्ठ २०७८, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठामाडौं । बिग मर्जरमा जाने सम्झौता गरिसकेका नेपाल इन्भेष्टमेन्ट बैंक र हिमालयन बैंक मर्जरकै लागि फेरि अर्को वाणिज्य बैंक खोज्न थालेका छन् ।

५० अर्ब रुपैयाँ पुँजी पुर्याउने अभियानका साथ आपसमा मर्जर हुने सम्झौता गरेका यी बैंकले सँगै अर्को वाणिज्य बैंकलाई पनि गाभेर लैजाने रणनीति अबलम्बन गरेका हुन् ।

हिमालयन र इन्भेष्टमेन्ट बैंकले गरे बिग मर्जरको शुरुवात, बन्यो सबैभन्दा ठूलो बैंक

यी दुई बैंक गाभिँदा बन्ने हिमालयन एण्ड इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी २६ अर्ब ९६ करोड र रिजर्भ १९ अर्ब ७४ करोड हुन्छ । जसअनुसार बैंकको कोर क्यापिटल ४६ अर्ब ६९ करोड रुपैयाँ पुग्छ । जुन सञ्चालनमा रहेका बैंकहरुमा सबैभन्दा धेरै हो ।

‘हामी ५० अर्ब रुपैयाँ पुँजी भएको बैंक बनाउने अभियानमा छौं,’ स्रोतले भन्यो, ‘जसका लागि अर्को वाणिज्य बैंकलाई पनि गाभ्नका लागि कुरा अघि बढाइरहेका छौं ।’

यो कुरालाई दुबै बैंकका सीइओहरु स्वीकार गर्छन् ।

‘हामी तत्कालै ५० अर्ब रुपैयाँ पुँजी भएको बैंक बन्न चाहन्छौं, त्यसका लागि अर्को बैंक गाभ्नुको विकल्प छैन,’ इन्भेष्टमेन्ट बैंकका सीइओ ज्योति पाण्डेले क्लिकमाण्डूसँग भने, ‘अहिले हिमालयनसँगको मर्जरलाई सेटलमेन्ट गर्नमा केन्द्रित छौं, त्यसलगत्तै अर्को बैंकसँग कुराकानी अघि बढाउँछौं ।’

५० अर्ब पुँजी पुर्याउन इन्भेष्टमेन्ट बैंक आक्रमक, छिट्टै ‘बिग मर्जर’को खबर सुनाउँछौं: सीइओ पाण्डे

नेपाल राष्ट्र बैंकका उच्च अधिकारीहरुले हिमालयन र इन्भेष्टमेन्ट बैंक मर्ज हुँदा सिभिल वा अन्य कुन सानो बैंक लिन पटक-पटक आग्रह पनि गरिरहेका छन् ।

‘दुई ठूला बैंक मर्ज हुँदा केही साना र अलि कमजोर बैंकलाई पनि सँगै गाभेर लैजाउन् भन्ने हाम्रो भनाइ हो,’ निवर्तमान डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले भने, ‘हिमालयन र इन्भेष्टमेन्ट बैंकलाई पनि हामीले अर्को सानो बैंक गाभ्न आग्रह गरेका थियौं ।’

५० अर्ब पुँजी पुर्याउने हिमालयन बैंकको रणनीति, मर्जरको खबर छिट्टै सुनाउँछौं: अध्यक्ष गौतम

राष्ट्र बैंकले सानो बैंक पनि लिइदिन आग्रह गरेको हिमालयन बैंकका सीइओ अशोक राणा स्वीकार गर्छन् ।

‘हामीलाई राष्ट्र बैंकका अधिकारीहरुले अर्को बैंक पनि लिइदिनु पर्यो भनेर आग्रह गरेका छन्,’ राणाले भने, ‘इन्भेष्टमेन्टसँगको प्रक्रिया टुंगिएसँगै अर्को बैंक गाभ्ने प्रक्रिया अघि बढाउँछौं । त्यसका लागि केही बैंकसँग प्रारम्भिक कुराकानी पनि भइरहेको छ ।’

इन्भेष्टमेन्ट र हिमालयनले असार मसान्तमै एकीकृत कारोबार गर्ने योजना बनाएर काम गरिरहेका छन् । तर, कोरोना भाइरस र निषेधाज्ञाका कारण केही ढिलो पनि हुनसक्ने देखिएको छ ।

मर्जपछि बन्ने बैंकको अध्यक्ष पृथ्वीबहादुर पाँडे र सीइओ अशोक राणा हुने समझदारी भएको छ । ज्योति पाण्डे डेपुटी सीइओ हुनेछन् ।

हिमालयन र इन्भेष्टमेन्टले मर्जरमा जाने सम्झौता गरेपछि नविल बैंकले पनि केही वाणिज्य बैंकसँग एक्वायरका लागि छलफल तीब्र बनाएको छ । किनभने अब मर्जर वा एक्विजेशनमा नगई नविल अब नम्बर वान हुन असंभव छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०७८, बुधबार ००:००  ६ : १५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping