राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो « Eglish Khabarhub

राष्ट्र बैंकको कडाइले वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गर्ने आम्दानी ३२.६४% ले घट्यो


२५ श्रावण २०७९, बुधबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । एक वर्षअघि सेयर बजारमा हरियाली छाउँदा सेयर कारोबारबाट मनग्गे आम्दानी गरेका वाणिज्य बैंकहरुको आम्दानी सेयर बजारको ग्राफ ओरालो लागेसँगै घटेको छ ।

अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा २७ वटा वाणिज्य बैंकले सेयर कारोबारमार्फत् ११ अर्ब ४० करोड ८ लाख १६ हजार रुपैयाँ आम्दानी गरेका थिए । तर, आव २०७८/७९ मा यस्तो आम्दानी आम्दानी ३२.६४ प्रतिशतले घटेको छ ।

अर्थात् गत आवमा वाणिज्य बैंकहरुको सेयर कारोबारबाट प्राप्त आम्दानी ३ अर्ब ७२ करोड १६ लाख ५३ हजार रुपैयाँले घटेर ७ अर्ब ६७ करोड ९१ लाख ६३ हजार रुपैयाँमा सीमित भएको छ ।

घट्दो सेयर बजार तथा नेपाल राष्ट्र बैंकले लिएको कसिलो नीतिका कारण वाणिज्य बैंकहरुले सेयर कारोबारमार्फत् गर्ने आम्दानी संकुचित भएको हो ।

गत आवमा सञ्चालनमा रहेका २७ बैंकमध्ये सनराइज बैंकले मात्रै सेयर कारोबारबाट हुने आम्दानी बढाएको छ भने अन्य बैंकको आम्दानीमा घटेको छ । तर, नेपाल बंगलादेश बैंकलाई नबिल बैंकले प्राप्ति गरेपछि उक्त बैंकको तथ्यांक भने यसमा समावेश गरिएको छैन ।

अघिल्लो आवको असार मसान्तमा सेयर बजार मापक नेप्से परिसूचक २८८३.३८ विन्दुमा थियो । तर, गत आवको असार मसान्तसम्म आइपुग्दा नेप्से ३०.३० प्रतिशतले घटेर २००९.४७ प्रतिशतमा सीमित भएको छ । सेयर बजारको ग्राफसँगै वाणिज्य बैंकहरुको सेयर कारोबारबाट हुने आम्दानी घटेको हो ।

राष्ट्र बैंकले गत आवको मौद्रिक नीतिमार्फत् सेयर धितो कर्जामा लिएको ४/१२ को नीतिले पनि सेयर बजार घट्न प्रेरित गर्यो । अर्थात् सेयर धितो कर्जामा कुनै एक संस्थाबाट अधिकतम ४ करोड रुपैयाँ र समग्र बैंकिङ प्रणालीबाट अधिकतम १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउने व्यवस्थाको असर सेयर बजारमा देखिएको छ ।

सेयर बजार ओरालो लाग्दा सरकारले पाउने पुँजीगत लाभकर समेत २८ प्रतिशतले घटेको छ । आव २०७७/७८ मा सरकारले पुँजीगत लाभकरवापत १४ अर्ब ३९ करोड रुपैयाँ आर्जन गरेकोमा आव २०७८/७९ मा भने १० अर्ब ३५ करोड रुपैयाँ मात्रै आर्जन गरेको छ ।

यद्यपि सेयर कारोबारबाट हुने आम्दानी घटे पनि बैंकहरुको नाफा भने २३.१४ प्रतिशतले बढेको छ । तर, नाफामा सेयर कारोबारबाट हुने आम्दानीको हिस्सा भने ९.२५ प्रतिशतले घटेको छ ।

अघिल्लो आवमा वाणिज्य बैंकहरुले ६० अर्ब ७४ करोड ३८ लाख २ हजार रुपैयाँ नाफा आर्जन गरेका थिए । जसमा सेयर कारोबारबाट भएको नाफाको हिस्सा १९.५२ प्रतिशत थियो । तर, गत आवमा वाणिज्य बैंकहरुको २३.१४ प्रतिशतले नाफा वृद्धि गरी ७४ अर्ब ८० लाख १४ लाख ३३ हजार रुपैयाँ पुर्याउँदा सेयर कारोबारबाट हुने नाफाको हिस्सा १०.२७ प्रतिशतमा सीमित भएको छ ।

राष्ट्र बैंकको अंकुशपछि आम्दानी घट्यो

कोरोना महामारीको समयमा अन्य लगानीका स्रोतहरु ठप्प भएपछि लकडाउनमा घरभित्र सीमित व्यक्तिहरुले लगानी सेयर बजारमा खन्याए । घरमै बसेर अनलाइनमार्फत् कारोबार गर्न सहज हुँदा सेयर बजारमा कारोबार बढ्यो । र, एकै दिन २२ अर्ब रुपैयाँसम्मको कारोबार भयो । यसले बैंकको बचतमा भएको पैसा चलायमान गराउन भूमिका पनि खेल्यो ।

सेयर बजारमा लगानी ओइरिन थालेपछि बैंकहरुले पनि सेयरमा लगानी बढाएका थिए । बजार बुलिस ट्रेन्डमा छँदा बैंकहरुले अत्यधिक लगानी बढाएपछि नेपाल राष्ट्र बैंकले कडाइ गर्ने नीति लिएको थियो । राष्ट्र बैंकको बुझाइ बैंकहरुले सेयर बजारमा खेलेको भन्ने थियो ।

जसअनुसार आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामार्फत् बैंक तथा वित्तीय संस्थालाई अल्पकालीन सेयर कारोबार गर्न रोक लगाएको थियो । त्यसपछि बैंक तथा वित्तीय सस्थाले सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र बिनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिका लागि मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको थियो । साथै, उनीहरुलाई कुनै पनि किसिमको प्रबन्धबाट संगठित संस्थाको सेयरमा अल्पकालीन लगानी गर्न समेत रोक लगाएको थियो ।

साथै, सेयर खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको १ प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न सक्ने समय समेत दिइएको थियो ।

उक्त निर्देशनपछि अर्थात् २०७८ जेठ १० गतेसम्म लगानी गरेको सेयरसमेत २०७९ असार मसान्तभित्र बैंक तथा वित्तीय संस्थाले बिक्री गर्नुपर्ने थियो । यदि सोअघि खरिद गरेको भए २०७८ पुस मसान्तभित्र बिक्री गरिसक्नुपर्ने व्यवस्था थियो ।

आव २०७८/७९ मा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गरेको आम्दानी

स्ट्यान्डर्ड चार्टर्डको नाफामा सेयर कारोबारको हिस्सा बढी

अघिल्लो आवमा स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफामा सेयर कारोबारबाट हुने नाफाको हिस्सा सबैभन्दा बढी थियो ।

बैंकले कुल १ अर्ब ३९ करोड कुल नाफा आर्जन गर्दा सेयर कारोबारबाट मात्रै ७५ करोड ९० लाख रुपैयाँ आर्जन गरेको थियो । जुन ५४.२६ प्रतिशत हिस्सा हो । गत आवमा समेत बैंकले गरेको कुल नाफामा सेयर कारोबारबाट भएको नाफाको हिस्सा २८.९६ प्रतिशत छ ।

त्यसैगरी अघिल्लो आवमा सिभिल बैंकको नाफामा सेयर कारोबारबाट हुने नाफाको हिस्सा ४२.९० भएकोमा गत आवमा भने ९.१३ प्रतिशतमा सीमित भएको छ ।

तर, हिमालयन बैंकले भने कुल नाफामा सेयर कारोबारबाट हुने आम्दानीको हिस्सा बढाएको छ । अघिल्लो आवमा बैंकले कुल २ अर्ब ९९ करोड ८६ लाख २३ हजार रुपैयाँ नाफा गर्दा सेयर कारोबारबाट मात्रै २१.८४ प्रतिशत अर्थात् ६५ करोड ५० लाख ९ हजार रुपैयाँ आम्दानी गरेको थियो ।

तर, बैंकले गत आवमा भने कुल नाफामा सेयर कारोबारबाट हुने आम्दानीको हिस्सा भने बढाएर २४ प्रतिशत पुर्याएको छ । बैंकले गत आवमा २ अर्ब ४८ करोड २१ लाख ३६ हजार रुपैयाँ आर्जन गरेकोमा सेयर कारोबारबाट हुने नाफा ५९ करोड ५९ लाख १० हजार रुपैयाँ छ । कुल नाफामा सेयर कारोबारबाट हुने नाफाको हिस्सा एक वर्षमा बैंकले ९.९० प्रतिशतले बढाएको छ ।

त्यसैगरी सरकारी स्वामित्वको कृषि विकास बैंकले अघिल्लो आवमा ९९ करोड ४२ लाख ९७ हजार रुपैयाँ नाफा आर्जन गरेकोमा गत आवमा भने सेयर कारोबारबाट बैंकलाई २६ करोड २४ लाख ५१ हजार रुपैयाँ घाटा भएको छ ।

अघिल्लो आवमा कृषि विकास बैंकले कुल ३ अर्ब ५२ करोड ७५ लाख ३६ हजार रुपैयाँ नाफा आर्जन गर्दा त्यसमा सेयर कारोबारबाट भएको नाफाको हिस्सा २८.१८ प्रतिशत थियो । तर, गत आवमा भने कृषि विकास बैंकले २ अर्ब ६९ करोड ५७ हजार रुपैयाँ नाफा आर्जन गर्दा सेयर कारोबारमा भने ९.७५ प्रतिशत अर्थात् २६ करोड २४ लाख ५१ हजार रुपैयाँ घाटा छ ।

आव २०७७/७८ मा वाणिज्य बैंकहरुले सेयर कारोबारबाट गरेको आम्दानी

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार ००:००  १ : ०८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping