
काठमाडौं। चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोबलको सिजी फुड्सले भारतको चलचित्र उद्योग बलिउड अभिनेता आयुष्मान खुरानालाई वाइवाई चाउचाउको नयाँ (ब्रान्ड एम्बेसडर) नियुक्त गरेको छ।
सिजी फुड्सको लोकप्रिय उत्पादन वाइवाई चाउचाउ २५ वर्षदेखि स्वाद पारखीमाझ लोकप्रिय छ । वाइवाइकोउत्कृष्ट स्वादले सबैलाई आकर्षित गरिरहेको सिजीले जनाएको छ।
नयाँ ब्रान्ड एम्बेसडर नियुक्त भएपछि बलिउड अभिनेता खुरानाले युवापुस्ताको मनमा २५ वर्षदेखि बस्न सफल वाइवाई चाउचाउजस्तो लोकप्रिय ब्रान्डसँग सहकार्य गर्न पाउँदा असाध्यै खुसी लागेको बताए।
‘वाइवाईको स्वाद यति गज्जबको छ कि यो संसारका धेरै देशमा धेरैको मनमा बस्न सफल छ,’खुरानाले भने, ‘वाइवाई ब्रान्ड नाम नै काफी छ सिजीसँग जोडिनका लागि। म वाइवाईको नामले तानिएको हुँ।’
त्यसैगरी सिजी फुड्स तथा सिजी कर्प ग्लोबल इन्डियाका प्रबन्ध निर्देशक वरूण चौधरीले बलिउड अभिनेता खुरानासँग वाइवाईका लागि सहकार्य गर्न पाउँदा गौरव महशुस भएको बताए।
‘असाध्यै छोटो समयमा खुरानासँग सहकार्य गर्ने निर्णय भयो। मलाई विश्वास छ खुरानासँगको सहकार्यले भारतमा वाइवाई ब्रान्ड नेम थप उचाइमा लैजान र बलियो बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने छ,’ चौधरीले भने, ‘भारत हाम्रा लागि एकदमै महत्त्वपूर्ण बजार हो। वाइवाईले भारतको चाउचाउ बजारको नेतृत्वदायी भूमिका खेल्न खुरानासँगको सहकार्यले उल्लेख्य सहयोग गर्ने विश्वास छ।’
नेपालको नम्बरवान ब्राण्ड वाइवाइ भारतीय बजारमा समेत निकै लोकप्रिय छ । भारतीय बजारमा मात्रै होइन पछिल्लो समय वाइवाइले संसारका धेरै देशमा आफ्नो बलियो उपस्थिति जनाउन थालेको छ ।
SHARE YOUR THOUGHTS