विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’ « Eglish Khabarhub

विस्फोटक पदार्थ नपाउँदा हाइड्रोका काम एक वर्ष धकेलियो, ‘मजदुर घर फर्किन थाले’


२४ बैशाख २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । निर्माणाधीन जलविद्युत् आयोजनाहरुले करिब ६ महिनादेखि विस्फोटक नपाएर काम प्रभावित हुँदा १ वर्ष पछाडी धकेलिने भएका छन ।

निर्माणाधीन करिब ३ हजार मेगावाटका आयोजनामध्ये ८० प्रतिशत ६ महिनादेखि एक वर्षसम्म पछाडी धकेलिने भएका हुन । भारतले नो अब्जेक्सन लेटर (एनओसी) नदिएका कारण आयोजनाहरुले विस्फोटक पदार्थ पाएका छैनन  । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अनुसार तीन दर्जनभन्दा बढी जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । केहि आयोजनाहरु ठप्प हुने अवस्थामा पुगेका छन । ‘दिन दिनै विस्फोटक पदार्थ नपाएर काम रोकिने अवस्थामा पुगेका आयोजनाहरु बढ्दैछन् । भोली,पर्सिबाट केहि आयोजना ठप्प हुने जानकारी आएको छ,’ इप्पानका अध्यक्ष गणेश कार्कीले भने, ‘यसले धेरै ठूलो समस्या ल्याउदैछ । निजी क्षेत्रको मात्र होइन, सरकारी आयोजना पनि रोकिदैछन ।’

अध्यक्ष कार्कीका अनुसार विस्फोटक पदार्थ नपाएर काम रोकिन थालेपछि हजारौं मजदुरहरु काम विहिन भएर घर फर्किन थालेका छन । ‘ आयोजनामाकाम गर्ने मजदुरहरु घर फर्किन थालेका छन । सधै भरि प्रवर्द्धकहरुले पनि राख्न सक्दैनन,’ उनले भने, ‘ बर्खा लाग्न लाग्यो । घर फर्किएका कामदारहरुलाई फेरी फर्काएर काममा लगाउन लामो समय लाग्छ । जसले आयोजना पछाडी धकेल्छ । ‘

काम प्रभाबित हुँदा ब्याजका कारण आयोजना नै महँगो हुन पुग्ने उनले गुनासो गरे । साथै नेपाल विद्युत प्राधिकरणले रिक्वायर्ड कमर्सियल अपरेस डेट (आरसीओडी) नै थप्न मान्दैन । ‘बर्खा लागे बिजुली खेर जान्छ भन्ने चिन्ता, काम गर्ने बेला विस्फोटक नपाएर काम गर्न सकिदैन । राज्यले काम गर्ने वातावरण बनाइदिन सकेको छैन,’ उनले भने, ‘ऊर्जा प्रवर्द्धकहरु समस्यामा छन्।’

विस्फोटक पदार्थ नपाएका कारण तनहुँ हाइड्रोपावर लिमेटेडले प्रवर्द्धन गर्न लागेको १४० मेगावाटको जलाशययुक्त जलविद्युत् आयोजनाको काम प्रभावित हुन थालेको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर लिमिटेडले प्रवर्द्धन गर्न लागेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको समेत काम रोकिने अवस्थामा पुगेको छ । यी दुवै नेपाल विद्युत् प्राधिकरणका सहायक कम्पनी मार्फत प्रवर्द्धन हुन लागेका आयोजना हुन ।

सुपर बलेफी, सानिमा हाइड्रोको जुम खोला, लुप्चे लिखु, छुजुङ खोला, लिखुमा निर्माणाधीन पीके हाइड्रोलगायतका आयोजनाहरुले विस्फोटक पदार्थ नपाउँदा काम प्रभावित भएको छ ।

भारतले समय समयमा विस्फोटक पदार्थ निर्यातमा प्रतिबन्ध लगाउने गरेको छ । गएको वर्ष भारतले विस्फोटक पदार्थमा प्रतिबन्ध लगाउँदा आयोजनाहरु रोकिएका  थिए । सरकारले कुटनीतिक पहल गरेपछि भारतले केहि सहज बनाएको थियो ।

विस्फोटक पदार्थका लागि दिएको एनओसी ६ महिनामा नवीकरण गर्नुपर्छ । भारतीय दूताबासले नवीकरण गरिदिएपछि विस्फोटक पदार्थ ल्याउन पाइन्छ । अहिले एनओसी दिन भारतले आनाकानी गरेको हो ।भारतबाट मासिक करिब ५०० टनसम्म विस्फोटक पदार्थ आयात हुने गरेको छ ।

भारतले नेपालको जलविद्युतलाई रणनीतिक वस्तुका रुपमा हेरेको छ  ।  उसले नेपाल चिनियाँ लगानी र प्रविधि रोक्ने हरसम्भव प्रयास गरिरहेको छ । चिनियाँ लगानी रहेको आयोजनाको बिजुली किन्न मान्दैन । ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली २ वर्षदेखि किन्न मानेको छैन । यो आयोजनामा चिनियाँ कम्पनी सिनो हाइड्रो कर्पोरेशन लिमिटेडले सिभिल संरचना निर्माणको काम गरेको थियो ।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार ००:००  ७ : ०९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping