![](https://internal.appharu.com/wp-content/uploads/2024/08/Subhak-Mahato.png)
काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमास्थलबारे समाचार प्रकाशन र प्रसारण गरेको भन्दै पत्रकारलाई ज्यान मार्ने धम्की आएको छ ।
नेपाल ग्राउण्ड जिरो डटकम अनलाइनमा कार्यररत पत्रकार सुभक महतोलाई अज्ञात व्यक्तिले ह्वाट्सअप नम्बरबाट फोन गरी स्तरहीन गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।
साउन २६ र २७ गते ह्वाट्सअपबाट फोन गरी पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल र उड्डयन प्राधिकरणका बारेमा समाचार नलेख्न दबाब दिँदै स्तरहीन गालीगलौज गर्दै आफू र आफ्नो परिवारसमेतलाई ज्यानमार्ने धम्की दिइएको महतोको भनाइ छ ।
ग्राउण्ड जिरो अनलाइनमा पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार र प्राधिकरणमा भएको अनियमितता सम्बन्धी प्रभाणसहित समाचार प्रकाशन भएपछि यस किसिमको धम्की आएको महतोले बताए ।
उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी भ्रष्टाचारमा मुछिएको, पोखरा विमानस्थल निर्माणका क्रममा भएको भ्रष्टाचार र अनियमितताका विषयमा रिपोर्टिङ गरेका महतोमाथि अधिकारी निकटका व्यक्तिले ज्यानमार्ने धम्की दिएका हुन् ।
महासंघले कानुनी उपचारमा जान सकिने प्रावधान हुँदाहुँदै पत्रकार र पत्रकारका परिवारलाई समेत भौतिक कारबाहीको धम्की दिनु अत्यन्त निन्दीय प्रेस स्वतन्त्रतामाथिको ज्यादती भएको उल्लेख गरेको छ ।
यस किसिमका त्रसित र आतंकित धम्की दिनेको तत्काल पहिचान गरी कानुनी दायरा ल्यान र पत्रकारलाई सुरक्षित र निर्भिक रुपमा काम गर्ने वातावरण निर्माण गर्न महासंघले ध्यानाकर्षण गराएको छ ।
SHARE YOUR THOUGHTS