डेढ अर्ब भ्रष्टाचार भएको ‘वाइडबडी प्रकरण’ के हो ? यस्ता छन् अदालतले लिएका दुई आधार « Eglish Khabarhub

डेढ अर्ब भ्रष्टाचार भएको ‘वाइडबडी प्रकरण’ के हो ? यस्ता छन् अदालतले लिएका दुई आधार


२१ मंसिर २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल वायुसेवा निगमले आर्थिक वर्ष २०७१/७२ को बजेटमा भएको निगमलाई जहाज थप पर्ने व्यवस्थालाई आधार बनाएर दुईवटा वाइडबडी जहाज खरिद गर्‍यो । निगमले २०७५ असार १४ मा एयरवस कम्पनीको ए ३३०-२०० सिरिजको एक र त्यसको करिब एक महिनापछि साउन १० मा दोस्रो वाइडबडी जहाज भित्र्यायो।

निगमले ऐतिहासिक रुपमा एयरवसका दुई वाइडबी जहाज भित्र्याएको थियो । निगमले लामो दूरीको उडान गन्तव्य (लङ हउल फ्लाईट)का लागि जहाज खरिद गर्दा गरेको अनियमितता निगमको इतिहासमा वाइडबडी काण्डको रुपमा दर्ज भएको छ ।

सरकारी ध्वजाबाहक वायुसेवा निगमको नेतृत्वमा पुग्ने नेतृत्वकर्ता राजनीतिक नेतृत्वले गर्ने बेइमानीका कारण विभिन्न काण्ड निगमसँगै हुर्किँदै गएको छ । यसअघि निगमले जहाज भाडामा लिँदा लाउडा काण्ड, वोइङ बिक्री गर्दा धमिजा काण्डदेखि वाइडबडीसम्मको काण्ड बनिसकेको छ ।

निगमले भित्र्याएको दुईवटा वाइडबडी जहाज किन्नकै लागि मात्रै कम्पनी खडा भएको, जहाजको उडान भर्दाको अधिकतम भारबाहन क्षमता (एमटीओडब्लू) २ सय ४२ टनबाट २ सय ३० टन बनाएको र प्राइस स्कालेसनवापत मूल्य बढाएर भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेसँग वाइडबडी काण्डकोसमेत अनुमोदन भएको छ । यससँगै खरिद प्रक्रिया पारदर्शी नभएको फैसलामा उल्लेख छ ।

विशेष अदालतले बिहीबार (२० मंसिर)मा जारी गरेको संक्षिप्त फैसलामा प्राइस स्केलेसन वापत आपूर्तिकर्तालाई ७४ करोड ५८ लाख ७७ हजार ४८२ रुपैयाँ बढी भुक्तानी गरेको र जहाजको एमटीओडब्लु घटाएउँदा पनि आपूर्तिकर्तालाई ७२ करोड ५२ लाख ८ हजार रुपैयाँ बढी भुक्तानी गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निष्कर्षलाई विशेष अदालतले अनुमोदन गरेको उल्लेख छ ।

निगमले ५ वर्ष आगाडि भित्र्याएको २५० सिट क्षमताका ए ३३०-२०० नामका २ वटा वाइडबडी जहाजको भारवहन क्षमता घटाएर १२ टन बढीको मूल्यमा भुक्तानी गरिएको ठहर गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत चैतमा मागेको माग दाबीकै रकमलाई आधार बनाएर विशेषले स्वीकृति दिएको छ ।

निगमको अन्तर्राष्ट्रिय उडानमा प्रयोग भइरहेको ९ एनएएलवाई (अन्नपूर्ण)र ९ एनएएलजेड (मकालु) कलसाईनका दुई जहाज किन्दा भारवहन क्षमता (एमटीओ) घटाएर भ्रष्टाचार भएको ठहर अख्यिारले गरेको थियो ।

अख्तियारले वाइडबडी जहाजको एमटीओ २४२ टनबाट २३० टन बनाउन निगमलाई स्वीकृति दिँदा भएको क्षतिलाई भ्रष्टाचार ठहर गरेको भन्दै विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

यसरी भारवहन क्षमता घटाउँदा ६७ लाख ८८ हजार १०९ डलर (७४ करोड ५८ लाख रुपैयाँ) नोक्सान भएको दाबी अख्तियारको गरेको थियो । एमटीओ घटाए पनि निगमले भने २४२ टनकै मूल्यमा ६६ लाख डलर (७२ करोड ५२ लाख रुपैयाँ) भुक्तानी गरेको दाबी अख्तियारको छ ।

अख्तियारले गरेको दाबीलाई नै आधार बनाएर बिहीबारको विशेष अदालतबाट फैसला भएसँगै वाइडबडीमा १ अर्ब ४७ करोड भ्रष्टाचार भएको ठहर भएको छ ।

वायुसेवा निगमका तत्कालीन महाप्रवन्धक सुगतरत्न कंसाकार, पूर्वपर्यटन सचिव तथा वायुसेवा निगम सञ्चालक समितिका अध्यक्ष शंकरप्रसाद अधिकारी, अर्थ मन्त्रालयमा सहसचिव हुँदा निगम सदस्यको प्रतिनिधित्व गरेका शिशिरकुमार ढुंगाना र पर्यटन मन्त्रालयका सहसचिव तथा निगम सदस्य बुद्धिसागर लामिछानेलाई विशेष अदाललले भ्रष्टाचारी ठहर गरेर अरु सबै नेपाली प्रतिवादीलाई सफाइ दिएको छ ।

विशेष अदालतले अरु ६ जना विदेशी प्रतिनिधिलाई पनि नेपाली दोषी सरह नै सवा २५ करोड रुपैयाँ जरीवनासहितको डेढ वर्ष जेल सजाय तोकेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८१, शुक्रबार ००:००  ४ : ४५ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping