काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अहिले विश्व क्रिकेटको चर्चाको विषय बनको छ । त्यसको मुख्य कारण भारतीय टोलीका पूर्व खेलाडी शिखर धवनको आगमन पनि हो ।
धवन एनपीएलमा कर्णाली याक्सबाट चार खेल खेलेर भारत फर्किए । भारत फर्कनुअघि उनी सगरमाथा बेसक्याम्प पुगे ।
शनिवारको खेलसम्म हेर्दा धवन प्रतियोगितामा सर्वाधिक रन बनाउने खेलाडीको चौथो स्थानमा छन् ।
धवनले चार खेलमा एक अर्धशतक सहित १३६ रन बनाए थिए । धवनले ४ खेलमा कुल १ सय ११ बल खेल्दा १२ चौका र ६ छक्कासहित १ सय ३६ रन बनाए ।
मात्र चार खेलका लागि नेपाल आएका उनलाई कर्णालीले प्रतिखेल ३० हजार अमेरिकी डलरमा अनुबन्ध गरेको थियो । अहिले शिखर धवन भारत प्रस्थान गरेसँगै उनले प्रतियोगिताको चार खेलमा हानेको १३६ रन बराबर कति रकम कमाए भन्ने चाँसोको विषय बनेको छ ।
धवनले चार खेलमा १ लाख २० हजार डलर (१ करोड ६२ लाख नेपाली रुपैयाँ) पाएका छन् । उनले प्रतियोगितामा १३६ रन हान्दा प्रतिरन १ लाख १९ हजार ११८ रुपैयाँ प्राप्त गरेका छन् ।
धवनको टीम लिगको शीर्ष स्थानमा अहिलेसम्म नरहेन पनि उनी नेपाल आएका सबैभन्दा ठूला अन्तर्राष्ट्रिय अनुहार हुन् । उनी टोलीमा सहभागी भएपछि लिगको चर्चा विश्वव्यापी बनेको थियो भने कर्णाली एक्सले उनी टीममा सहभागी भएको लाभ पनि लिएको छ । व्यापारिक रुपमा र ब्राण्डलाई बलियो बनाउन धवनको उपस्थिती कर्णालीका लागि लाभदायक रह्यो ।
SHARE YOUR THOUGHTS