म्यानपावर व्यवसायी श्रेष्ठले किनेको जनकपुर बोल्ट्स: क्रिकेट एकेडेमी खोल्ने लक्ष्य, कति छ लगानी ? « Eglish Khabarhub

नेपाल प्रिमियर लिग

म्यानपावर व्यवसायी श्रेष्ठले किनेको जनकपुर बोल्ट्स: क्रिकेट एकेडेमी खोल्ने लक्ष्य, कति छ लगानी ?


४ पुस २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । मधेशको प्रतिनिधित्व गरको जकपुर बोल्ट्स नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको बलियो टोली मध्येको एक हो । जनकपुर प्रतियोगिताका ५ खेलमा जित निकाल्दै क्वालिफायरमा पुगेको थियो । तर, प्रतियोगिताको क्वालिफायर चरणमा आएर सुदूरपश्चिमसँग पराजित हुन पुग्यो ।

एनपीएलको तेस्रो महँगो टोली जनकपुरलाई २ करोड ५ लाखमा ड्रिम स्पोर्टस् प्रा.लि.ले खरिद गरेको थियो । पहिलो सिजन नै उत्कृष्ट प्रदर्शन गर्न सफल टोली उपाधि दावेदार पनि हो । जनकपुरले फाइनल पुग्न बिहीबार कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ । टिमले विदेशी खेलाडीमा पनि राम्रो लगानी गरेको छ ।

न्युजिल्यान्डका खेलाडी जिम्मी निसमलाई टिममा भित्र्याउन सफल यो टोलीले लाहिरु मिलान्थालाई पनि टिममा अनुबन्धन गरेको थियो । नेपाली राष्ट्रिय टोलीलाई विश्वकपमा पु¥याउन सफल प्रशिक्षक पुबुदु दसनायके जनकपुरको हेड कोच छन् ।

जनकपुरले आफ्नो ‘फेस अफ द बोल्ट्स’मा नेपाली राष्ट्रिय यू–१९ टोलीकी कप्तान पुजा महतोलाई राखेको छ । त्यस्तै टिमको मार्की खेलाडीमा नेपाली टोलीका ओपनर आसिफ शेख हुन् ।

बोल्ट्स एकेडेमी खोल्ने लक्ष्य बनाएर टिम स्थापना भएको कम्पनी हो, ड्रिम स्पोर्टस् । एनपीएल हुने भए सँगै टिम किन्ने मौका पाएको हो, कम्पनीले ।

जनकपुर बोल्ट्सका अपरेसन हेड निरोज खतिवडाका अनुसार नेपाल प्रिमियर लिग (एनपीएल) को आयोजना हुनुपूर्व नै कम्पनीको लक्ष्य बोल्ट्स एकेडेमी स्थापना गरेर मधेश प्रदेशमा क्रिकेट खेलाडीको उत्पादन गर्ने रहेको बताए ।

‘जनकपुर एनपीएल आयोजना हुनुपूर्व नै घरेलु क्रिकेटमा भएको टिम हो । ड्रिम स्पोर्टसले यसअघि पनि घरेलु क्रिकेटमा जनकपुरलाई खरिद गरेको थियो । हाम्रो लक्ष्य सुरुवातदेखि नै नेपाली क्रिकेटको विकास गर्नु हो । जसका लागि हामी लागि परेका छौं,’ खतिवडाले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

कम्पनीले प्रतियोगितामा १० करोडसम्मको लगानी भएको बताएको छ । निशम जस्ता विदेशी खेलाडी भित्राउनु र पुबुदुलाई प्रशिक्षक बनाउनुलाई नै टिमको उपलब्धि मानिएको छ । लगानीअनुसार हालसम्मको प्रदर्शनी पनि सन्तोषजनक छ । पाँच वर्षको सोच बनाएर टिममा लगानी गरेको हुनाले अहिले नै फाइदाको कुरा नसोचेको अपरेसन हेड खतिवडा बताउँछन् । ठूलो लगानी रहेकाले पहिलो वर्षको उपलब्धिले आगामी वर्षलाई पनि डाहोर्‍याउने उनको दाबी छ ।

‘टिममा यो सिजन १० करोड रुपैयाँ खर्च हुने देखिएको छ । हामीले पहिलो सिजन नै कमाउने गरी सोच बनाएका छैनौं,’ खतिवडा भन्छन्, ‘पाँच वर्षसम्म टिमसँगै रहनेछौं । एनपीएलको यो चार्म देख्दा विदेशी र नेपाली ब्रान्डहरुले अर्काे वर्ष देखि राम्रै लगानी गर्ने विश्वास गरेका छौं ।’

निरोज खतिवडा

जनकपुरले मार्की खेलाडीका लागि २० लाख खर्च गरेको थियो । त्यस्तै दुई ‘ए’ क्याटेगोरीका खेलाडी अनिल शाह र ललितनारायण राजवंशीका लागि कुल ३० लाख खर्च गर्दा ‘बी’ क्याटेगोरीका ३ खेलाडीका लागि ३० लाख खर्चेको थियो । अक्सनमा जनकपुरले नेपाली खेलाडीका लागि कुल एक करोड खर्च गरेको थियो ।

म्यानपावर व्यवसायी क्रिकेटमा
जनकपुर बोल्ट्स खरिद गर्ने ड्रिम स्पोर्टस म्यानपावर व्यवसायी अमित श्रेष्ठको कम्पनी हो । श्रेष्ठको शिखर ग्रुप अफ कम्पनिज अन्तर्गत् म्यानपावर, होटललगायत क्षेत्रमा लगानी छ ।

शिखर इन्टरनेसनल म्यानपावर सर्भिसेज सोही ग्रुप अन्तगर्तको अर्को कम्पनी हो । १९ वर्षअघि स्थापना भएको शिखरले यूएई, साउदी अरेबियालगायत खाडी मुलुकमा कामदार पठाउने गरेको छ ।

एनपीएलमा जनकपुरको प्रदर्शन
एनपीएलमा जनकपुरले लिग चरणका ७ खेलबाट ५ खेलमा जित निकाल्दै दोस्रो स्थानमा रहन सफल भयो । प्रतियोगिताको लगातार चार खेलमा जित निकाल्दै आफ्नो बलियो उपाधि दाबेदार देखाइ सकेको थियो । जनकपुर लिग चरणमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोजसँग पराजित हुन पुग्यो ।

पहिलो क्वालिफायर खेलमा जनकपुर पुनः सुदूरपश्चिमसँग पराजित भयो । आज (बिहीबार) जनकपुरले फाइनल यात्रा तय गर्न कर्णाली याक्ससँग प्रतिस्पर्धा गर्दैछ ।

जनकपुरका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी
जनकपुरका लागि ब्याटिङतर्फ उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमा लाहिरु मिलान्था रहेका छन् । उनले प्रतियोगिताको ८ खेलमा २०४ रन बनाएका छन् । मिलान्थाको एक अर्धशतक पनि छ । त्यस्तै जिम्मी निशम ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्ने दोस्रो खेलाडी हुन् । उनले १९८ रन बनाएका छन् । जसमा उनको एक अर्धशतक पनि रहेको छ । मिलान्था र निशम सर्वाधिक रन बनाउने खेलाडीको सूचीमा सातौं र आठौं स्थानमा छन् ।

जनकपुरका लागि बलिङतर्फ उत्कृष्ट प्रदर्शन गर्ने शीर्ष दुई खेलाडी दुवै नेपाली हुन् । सर्वाधिक विकेट लिने खेलाडीको सूचीको तेस्रो स्थानमा ललित रहेका छन् भने सूचीको आठौं स्थानमा किशोर महतो छन् ।

टिमः जनकपुर बोल्ट्स
स्वदेशी खेलाडीः आसिफ सेख (मार्की), अनिल साह, हेमन्त धामी, सुवास कंशाकार, किशोर महतो, शेर मल्ल, ललितनारायण राजवंशी, रुपेश सिंह, अनिल साह, तुल थापा, आकाश त्रिपाठी, अरनिको यादव
विदेशी खेलाडीः जिम्मी निसम (न्युजिल्यान्ड), जोसुवा ट्रोम्प (अमेरिका), सोहेब मक्सुद (पाकिस्तान), मोहम्मद माहसिन (पाकिस्तान), लाहिरु मिलान्था (अमेरिका)
स्वामित्वः ड्रिम स्पोर्ट्स
टिम मालिकः अमित श्रेष्ठ, शिखर ग्रुप अफ कम्पनीज
मुख्य प्रशिक्षकः पुबुदु दासानायके
मार्की खेलाडीः आसिफ सेख
अपरेशन हेडः निरोज खतिवडा
ब्रान्ड एम्बासडरः – पूजा महतो
मुख्य प्रायोजकः डीएनए इन्टरनेसनल नेपाल
सहायक स्पोन्सरः टेक्नो मोबाइल, रमपम
स्पोन्सरः नेपोभिट, हेटौंडा कलेज अफ म्यानेजमेन्ट, नेपाल ल्युब लिमिडेड, हिमगिरी हाइजिन, हायात प्लेस र बेटर एप्लाइन्स

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार ००:००  ११ : ४४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping