कास्की प्रहरीले भन्यो: हिरासतको फोटो सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ « Eglish Khabarhub

कास्की प्रहरीले भन्यो: हिरासतको फोटो सार्वजनिक गर्नेमाथि कारबाही हुन्छ



कास्की । जिल्ला प्रहरी कार्यालय, कास्कीले सामाजिक सञ्जालमा भाइरल भएको प्रहरी हिरासत कक्षमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सुतिरहेको तस्बिरबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

उक्त तस्बिरमा हिरासतमा सुतिरहेको व्यक्तिको अस्पष्ट अवस्था देखिएको र उक्त तस्बिर डा. निकोलस भुसालको फेसबुक पेजबाट सार्वजनिक गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यो तस्बिरले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणजस्ता गम्भीर मुद्दाको अनुसन्धानमा नकारात्मक प्रभाव पार्ने उल्लेख गरेको छ ।

यसलाई प्रहरीको व्यवसायिकतामा आँच पुर्‍याउने र प्रचलित कानुनी व्यवस्थाको उल्लङ्घन हुनेगरी सामाजिक सञ्जालमा सम्प्रेषण गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीले सूचनाको हक ऐन २०६४ अनुसार अपराध अनुसन्धान र अभियोजनका क्रममा गोपनीयता कायम राख्नुपर्ने प्रावधान भएको भन्दै साइबर अपराधसम्बन्धी कानुन उल्लङ्घन गर्दै अनधिकृत तस्बिर प्रकाशन तथा प्रसारण गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउने र कानुनी कारबाही गरिने बताएको छ।

Publish on: