काठमाडौं । नेपाल सरकारले २०८१ पुस ९ गतेको मन्त्रिपरिषद् बैठकबाट १२ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद बैठकले बीमा प्राधिकरणका अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति गठन गर्ने निर्णय गरेको छ । समितिको संयोजक राष्ट्रिय योजना आयोगका सम्बन्धित क्षेत्र हेर्ने सदस्यलाई तोकिएको छ । समितिमा अर्थ मन्त्रालयका सचिव र ज्योतिचन्द्र ओझा सदस्य रहनेछन् ।
त्यसैगरी, सरकारले सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को अनुसूची अन्तर्गत मानव तस्करी, हुण्डी, भर्चुअल मुद्रा प्रयोग, अनुचित लेनदेन, खेलमा मिलेमतो, र अनुमतिपत्रविना क्यासिनो सञ्चालनजस्ता क्रियाकलापलाई अपराधको रूपमा परिभाषित गरेको छ ।
सरकारले पर्साको पोखरिया, जुम्लाको सिंजा नराकोट, र कपिलवस्तुको बोडगाउँमा मालपोत तथा नापी कार्यालय स्थापना गरी सेवा विस्तार गर्ने निर्णय पनि गरेको छ ।
भौतिक पूर्वाधार सुधारका लागि सरकारले रेल सञ्चालन, मर्मत सम्भार, र उपकरण खरिदमा सैद्धान्तिक सहमति दिएको छ । यससँगै, राष्ट्रिय खेलकुद परिषद्मा आठ नयाँ सदस्य नियुक्ति गरिएको छ ।
शिक्षा क्षेत्रमा सुधार ल्याउन सरकार सक्रिय रहेको छ । शिक्षक सेवा आयोगमा एक महिलासहित दुई सदस्य नियुक्तिका लागि सिफारिस समिति गठन गरिएको छ ।
नवलपरासी (पूर्व)को कावासोती नगरपालिका वडा नं. ३ स्थित सरकारी जग्गाबाट ६४२ गोटा रूख/पोल हटाउन स्वीकृति दिइएको छ ।
समायोजन भएका र अवकाशप्राप्त कर्मचारीहरूको सञ्चित विदा, औषधि उपचार, र उपदान भुक्तानीको लागि कर्मचारी कल्याण कोषको व्यवस्था गरिएको छ ।
त्यसैगरी सरकारले इञ्जिनियरिङ सेवाका सहसचिव मधुप्रसाद भेटुवाललाई जल तथा ऊर्जा आयोग सचिवालयको सचिव पदमा बढुवा गरिएको छ।
यी हुन् सकारका निर्णय
SHARE YOUR THOUGHTS