बाढीपहिरोको क्षतिमा करिब १३ अर्ब माग दाबीः डेढ अर्ब भुक्तानी हुँदा राष्ट्रिय बिमा कम्पनीले दिएन « Eglish Khabarhub

बाढीपहिरोको क्षतिमा करिब १३ अर्ब माग दाबीः डेढ अर्ब भुक्तानी हुँदा राष्ट्रिय बिमा कम्पनीले दिएन


१५ पुस २०८१, सोमबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । असोज १० र ११ गते आएको बाढी पहिरोका कारण विभिन्न क्षेत्रमा क्षति पुग्दा बिमा कम्पनीहरुमा १२ अर्ब ८८ करोड ९३ लाख ६१ हजार ५७ रुपैयाँको ३ हजार ६७६ वटा दाबी परेको छ ।

बाढी पहिरोका कारण परेको माग दाबीमा १ अर्ब ५२ करोड १८ लाख ९ हजार ३१८ रुपैयाँको दाबी भुक्तानी भएको बिमा प्राधिकरणले जनाएको छ ।

३ हजार ६७६ दाबीमा पुस मंसिर ११ गतेसम्म १ हजार २७० वटा दाबीको मात्रै भुक्तानी भएको छ । बाँकीको भुक्तानी हुन बाँकी छ । यसमा १४ वटा निर्जीबन बिमा र चार वटा माइक्रो इन्स्योरेन्स रहेका छन् ।

प्राधिकरणका अनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको रहेको छ भने सबैभन्दा कम प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको रहेको छ । सिद्धार्थमा ५११ वटा माग दाबी परेको छ । दाबी रकम २ अर्ब ६३ करोड १ लाख १४ हजार ५६ रुपैयाँ रहेको छ । जसमा २४७ वटाको ३० करोड ३५ लाख १९ हजार ७२५ रुपैयाँ भुक्तानी भएको छ ।

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्समा ९ वटाबाट ५ लाख ४० हजार रुपैयाँ माग दाबी परेको छ । जसमा ६ वटा दाबीको १ लाख १८ हजार ९४१ हजार रुपैयाँ भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार दि ओरियन्टल इन्स्योरेन्समा १८३ वटाबाट १ अर्ब ३७ करोड ६१ लाख ४० हजार ३५४ रुपैयाँ दाबी परेको छ । जसमा १४७ वटा दाबीबाट ५ करोड ३ लाख १९ हजार ७ रुपैयाँ भुक्तानी भएको छ ।

सगरमाथा लूम्बिनी इन्स्योरेन्समा ४१६ वटा दाबीबाट १ अर्ब ३६ करोड ६८ लाख ८० हजार ६७८ रुपैयाँको दाबी परेको छ । जसमा ९२ वटा दाबीबाट ७ करोड ३२ लाख ८२ हजार २८५ रुपैयाँ भुक्तानी भएको छ ।

शिखर इन्स्योरेन्समा ४५८ वटा दाबीबाट १ अर्ब १४ करोड २३ लाख ७३ हजार ६६६ रुपैयाँको दाबी परेको छ । जसमा ४१५ वटा दाबीबाट ३१ करोड ३८ लाख ६८ हजार १७६ रुपैयाँ दाबी भएको छ ।

नेको इन्स्योरेन्सको ३०६ वटा दाबीबाट १ अर्ब ८ करोड ६२ लाख २२ हजार ५४० रुपैयाँको दाबी परेको छ । जसमा १२८ वटा दाबीको १० करोड ३४ लाख ४२ हजार ९०७ रुपैयाँ भुक्तानी भएको छ ।

हिमालयन एभरेष्ट इन्स्योरेन्समा २५३ वटा माग दाबीबाट १ अर्ब ८१ लाख ५४ हजार १९ रुपैयाँको दाबी परेको छ । जसमा १२९ वटाको १३ करोड ६२ लाख ६८ हजार २२ रुपैयाँ भुक्तानी भएको छ ।

सानिमा जिआईसी इन्स्योरेन्समा २२८ वटा दाबीबाट ९५ करोड ३६ लाख ७२ हजार ८०५ रुपैयाँको माग दाबी परेको छ । जसमा ५७ वटा दाबीबाट १३ करोड २१ लाख ७७ हजार ५७९ रुपैयाँ दाबी भइसकेको छ ।

एनएलजी इन्स्योरेन्समा २०० वटा दाबीबाट ७७ करोड ४१ लाख १४ हजार ८०४ रुपैयाँ दाबी परेको छ । जसमा ५९ वटाको ८ करोड ४ लाख ३५ हजार ५३२ रुपैयाँ भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार युनाइटेड अजोड इन्स्योरेन्समा ३३४ वटा दाबीबाट ७४ करोड ८० लाख ३२ हजार ८८५ रुपैयाँको दाबी परेको छ । जसमा ८७ वटा दाबीको २ करोड ६४ लाख ७१ हजार १४२ रुपैयाँको दाबी भुक्तानी भएको छ ।

नेशनल लाइफ इन्स्योरेन्समा ११३ वटा दाबीबाट ४८ करोड ३६ लाख २५ हजार ५४२ रुपैयाँ दाबी परेको छ । उक्त दाबीमा १२ वटाको १ करोड ८५ लाख ९६ हजार २२ रुपैयाँ भुक्तानी भएको छ ।

नेपाल इन्स्योरेन्स कम्पनीमा १८७ वटा दाबीबाट ४१ करोड ३९ लाख १० हजार १२२ रुपैयाँ दाबी परेको छ । जसमा ५९ वटाको २ करोड १३ लाख ९९ हजार ७३६ रुपैयाँ दाबी भुक्तानी भएको छ ।

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्समा २९४ वटा दाबीबाट ४१ करोड ३४ लाख ८४ हजार ९७७ रुपैयाँको दाबी परेको छ । जसमा १४८ वटाबाट ११ करोड ६५ लाख ५३ हजार ६०३ रुपैयाँ भुक्तानी भएको छ ।

प्रभु इन्स्योरेन्समा १३७ वटा दाबबिाट २८ करोड ७९ लाख १५ हजार ९०० रुपैयाँको दाबी परेको छ । जसमा ४९ वटाबाट १ करोड ३२ लाख ८० हजार ९४५ रुपैयाँको भुक्तानी भएको छ ।

राष्ट्रिय बिमा कम्पनीमा २० वटाको २० करोड ७३ लाख ७० हजार रुपैयाँको दाबी परेकोमा एक रुपैयाँ पनि भुक्तानी भएको छैन।

प्राधिकरणका अनुसार स्टार माइक्रो इन्स्योरेन्समा १० वटाको ३६ लाख ६५ हजार रुपैयाँ दाबी परेकोमा ३ वटा दाबीको २५ हजार ४१२ रुपैयाँ भुक्तानी भएको छ ।

ट्रस्ट माइक्रो इन्स्योरेन्समा ४ वटा दाबीबाट १५ लाख २० हजार रुपैयाँ दाबी भएकोमा २ वटाको २ लाख ६० हजार ६८४ रुपैयाँ भुक्तानी भएको छ ।

यस्तै नेपाल माइक्रो इन्स्योरेन्समा ४ वटाको ६ लाख ५० हजार रुपैयाँ दाबी परेकोमा छ । जसमा ४ वटाको ५ लाख १ हजार ८८८ रुपैयाँ भुक्तानी भएको छ ।

प्राधिकरणका अनुसार कोशी प्रदेशमा २६६ वटा, मधेश प्रदेशमा १०५, बागमती प्रदेशमा ३२०९, गण्डकीमा ३६, लुम्बिनीमा ४६, कर्णालीमा ८ र सुदुरपश्चिम प्रदेशमा ६ वटासहित ३ हजार ६७६ वटाको मागदाबी परेको प्राधिकरणले जनाएको छ ।

देशभर आएको अविरल वर्षाका कारण परेको दाबी भुक्तानीलाई यथाशक्य चाँडो दिन बिमा प्राधिकरणले निर्देशन दिइसकेको छ ।

प्रकाशित मिति : १५ पुस २०८१, सोमबार ००:००  ११ : ५६ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping