५ अर्ब लागतको बाह्रबिसे-लामाबगर प्रसारणलाइन पनि सरकार र निजी क्षेत्र मिलेर बनाउने « Eglish Khabarhub

५ अर्ब लागतको बाह्रबिसे-लामाबगर प्रसारणलाइन पनि सरकार र निजी क्षेत्र मिलेर बनाउने


१८ पुस २०८१, बिहिबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं ।  लामाबगर-बाह्रबिसे २२० किलोभोल्ट प्रसारणलाइन सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा निर्माण हुने भएको छ ।

राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेले पीपीपी मोडलमा निर्माणका लागि आशयपत्र माग गरेको छ । निजी ऊर्जा प्रवर्धकहरुसँगको सहकार्यमा यो प्रसारणलाइन निर्माण गर्न लागिएकिो हो ।

ल्याप्चे खोला र रोल्वालिङ खोला (तामाकोसीका सहायक नदी) करिडोर जलविद्युत आयोजनाहरुका लागि साझा प्रसारण लाइन निर्माण गर्न लागिएको हो । इच्छुक कम्पनीहरुले १५ दिनभित्र आशयपत्र पेस गर्न सक्नेछन् ।

हालसालै राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले तमोर-ढुंगेसाँघु २२० केभी प्रसारणलाइन पीपीपी मोडलमा निर्माणका लागि निजी क्षेत्रसँग एमओयु गरेर कम्पनी दर्ता गर्ने प्रक्रिया सुरु गरेको छ ।

पुस २ गते राष्ट्रिय प्रसारण ग्रीड कम्पनी लिमिटेड, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल) र निजी क्षेत्रका ६ वटा प्रवर्धक कम्पनीबीच एमओयु भएको थियो ।

उत्पादन अनुमति पाए पनि अहिलेसम्म निजी क्षेत्रले प्रसारणलाइन निर्माणको अनुमति पाएको छैन  ।

नेपाल सरकारले २०३० मा १३ हजार मेगावाट र ३०३५ मा २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गरि त्यसलाई प्रसारण, वितरण, उपभोग र निर्यातको एकीकृत नीति लिएको छ ।

२०३० सम्ममा ६ खर्ब रुपैयाँ, २०३५ सम्ममा ७ खर्ब रुपैयाँ र २०४० सम्ममा ९.१ खर्ब रुपैयाँ प्रसारणलाइन निर्माणका लागि आवश्यक छ । जलविद्युत् आयोजनाहरुको उत्पादन मिति तय भए पनि प्रसारणलाइनको अभावमा खेर जाने अवस्था छ ।

प्रसारणलाइन निर्माणका लागि आवश्यक पुँजी सरकारी स्रोतबाट जुटाउनु चूनौतीपूर्ण छ । अहिले प्रसारणलाइनमा सरकारले मात्रै लगानी गरिरहेको छ । निजी क्षेत्रको सहभागिता एउटा मुख्य विकल्प हो । सुरुवाती चरणमा यसलाई सार्वजनिक निजी साझेदारीमार्फत विकास गरी आवश्यकता अनुरुप पूर्णनिजी लगानीमा समेत निर्माण र सञ्चालन गर्न सकिने देखिन्छ । जसबाट प्रसारणलाइन निर्माणमा विविधीकरण भइ प्रसारण प्रणालीको विकासलाई तीव्रता दिने अपेक्षा गरिएको छ ।

सरकारको यहि मान्यताअनुरुप, राष्ट्रिय प्रसारण ग्रीड कम्पनीले आफूले अध्ययन गरी तयारीमा रहेका आयोजना मध्ये तमोर-ढुंगेसाँघु २२० केभी प्रसारण र लामाबगर बाह्रबिसे २२० केभी प्रसारणलाइन सार्वजनिक निजी लगानीमार्फत बुट मोडेलमा निर्माण गर्न लागिएको हो ।

नासा हाइड्रोपावरले निर्माण गरिरहेको १६० मेगावाट लाप्चे खोला जलविद्युत् आयोजना ह्‍विलिङ चार्ज तिरेर ग्रीड कम्पनीको प्रसारण प्रणाली प्रयोग गरेर राष्ट्रिय प्रणालीमा समाहित हुन तयार भएको छ । कम्पनीले ४५६ मेगावाटको माथिल्लो तामाकोसीभन्दा माथितिर आयोजना निर्माण गरिरहेको छ। नासा हाइड्रोपावर एमभी दुगड समूहको हो ।

८८ मेगावाटको रोल्वालिङ खोला, ४० मेगावाटको लाप्चे, सानिमाले जुम हाइड्रोपावर मार्फत जुम खोला जलविद्युत्  आयोजना निर्माण गरिरहेको छ । ग्रीड कम्पनीले गरेको एक अध्ययनले ५ वटा आयोजनाले निर्माणाधीन जलविद्युत् आयोजनाले छुट्टा छुट्टै प्रसारणलाइन निर्माण गरेर प्रणालीमा आउँदा २१९ किमी प्रणाली निर्माण गर्नुपर्छ । तर ग्रीड कम्पनीले निर्माण गर्ने प्रणालीमा प्रयोग गर्दा ८४ किमी प्रसारणलाइन निर्माण गरे पुग्छ । १३५ किमी प्रसारणलाइनको दूरी घट्दा निजीको १ अर्ब ६२ करोड रुपैयाँ बचत हुन्छ ।  

लामाबगर-बाह्रबिसे प्रसारणलाइन २०२७ मा सक्ने लक्ष्य छ । उक्त समयसम्म २/३ वटा आयोजनाले उत्पादन थाल्नेछन् । प्रसारणलाइन तयार नभए खेर जाने अवस्था छ । आयोजनालाई स्रोतको अभाव छ ।

प्रसारणलाइन निर्माणमा सरकारले पर्याप्त लगानी गर्न सकेको छैन । निजी क्षेत्र आकर्षित हुने मोडालिटी समेत तय हुन सकेको छैन । उत्पादन बढ्दो भएपनि प्रसारणलाइन नहुँदा प्रणालीमा आउन पाएका छैनन् भने निर्माणाधीन आयोजनाहरुका लागि समेत प्रसारण प्रणालीको अभाव छ । उत्पादनमा मात्रै ध्यान दिएको सरकारले प्रसारण र वितरण प्रणाली निर्माणमा ध्यान दिन सकेको छैन ।

नेत्र ज्ञवाली

सरकारी र निजीको साझेदारीमा उपयुक्त हुने राष्ट्रिय प्रसारण ग्रीड कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्र ज्ञवालीले बताए । उनका अनुसार सार्वजनिक निजी साझेदारीमा तमोर करिडोर,लामाबगर-बाह्रबिसे, किमाथांका-हाईटार जस्ता आयोजनाहरु उपयुक्त हुन्छ । त्यसै गरी विद्युत नियमन आयोगले समेत प्रसारणलाइन प्रयोगबापतको ह्‍विलिङ चार्ज सम्बन्धी व्यवस्था गरिदिनुपर्छ । कम्पनीलाई ह्‍विलिङ चार्ज सम्बन्धी व्यवस्था नहुँदा कसरी प्रसारणलाइन सञ्चालन गर्ने भन्ने समस्या भएको छ ।

बाह्रबिसे लामाबगर प्रसारणलाइन निर्माणका लागि सबस्टेसनसहित ५ अर्ब रुपैयाँ लाग्ने अनुमान छ ।

प्रकाशित मिति : १८ पुस २०८१, बिहिबार ००:००  ११ : ५९ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping