काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं.१३, ओडवलियामा शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ । यो बैंकको ४३औं शाखारहित बैंकिङ सेवा हो ।
बैंकले संचालनमा ल्याएको ओडवलिया शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले गरेका छन् । उक्त शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिको रुपमा अजय सिहं क्षेत्रीलाई नियुक्त गरिएको छ ।
बैंकले हाल ३१० शाखा कार्यालयहरु, ३८९ एटिएम, ९१ वटा एक्स्टेन्सन काउण्टर एवं ४३ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
SHARE YOUR THOUGHTS