कोरोना भाइरसः यी ६ भ्याक्सिन जसले विश्वलाई कोभिड-१९ बाट बचाउन सक्छन् « Eglish Khabarhub

कोरोना भाइरसः यी ६ भ्याक्सिन जसले विश्वलाई कोभिड-१९ बाट बचाउन सक्छन्



कोरोना भाइरसको संक्रमण रोक्नका लागि विश्वभरका वैज्ञानिकहरु भ्याक्सिन तयार गर्नका लागि निकै ठूलो मिहेनत गरिरहेका छन् । ताकी महामारी रोक्न सकियोस् ।

विशेषज्ञका अनुसार जुन रफ्तारमा वैज्ञानिकहरु कोरोना भाइरसका लागि उपचारका लागि रिचर्स गरिरहेका छन् । त्यो निकै असाधारण छ ।

हामीहरुले के भुल्नु हुँदैन भने कुनै पनि भ्याक्सिनको विकास गर्नका लागि वर्षौको समय र उत्तिकै मिहेनत लाग्छ । कहिलेकाँही त दशकौं पनि लाग्छ ।

उदाहरणका लागि केही वर्षअघि देखिएको इबोला महामारीको भ्याक्सिनको अनुमति प्राप्त भएको थियो । जसका लागि १६ वर्षको समय लागेको थियो ।

तर यो निकै सामान्य विषय हो कि भ्याक्सिनको विकास कैयन चरणको प्रक्रिया पार गरेपछि मात्रै हुन्छ । पहिलो फेज ल्यावमा हुन्छ । त्यसपछि जनावरमा परीक्षण गरिन्छ ।

प्रयोगका बेलामा यदी भ्याक्सिनको प्रयोग सुरक्षित र प्रतिरोधक क्षमता देखियो भने मानिसमा यसको परीक्षण गरिन्छ ।

कोरोना भ्याक्सिनका लागि ६ आशा

मानिसमा परीक्षणको प्रक्रिया पनि ३ चरणमा पूरा हुन्छ । पहिलो चरणमा भाग लिनेहरुको संख्या निकै कम हुन्छ । र, उनीहरु स्वस्थ हुन्छन् ।

दोस्रो चरणमा परीक्षणका लागि पहिलो चरणको तुलनामा केही धेरै हुन्छ । र, यो नियन्त्रित समूहमा हुन्छ । ताकी भ्याक्सिन कति सुरक्षित हो भन्ने देख्न सकियोस् ।

नियन्त्रित समूहको अर्थ यस्तो समूह हो जो परीक्षणमा भाग लिनेलाई बाँकी मानिसहरुभन्दा छुट्टै राखिन्छ ।

प्रयोगका लागि तेस्रो चरणमा भ्याक्सिनको कति मात्राले असर गर्छ भन्ने पत्ता लगाइन्छ ।

अहिलेका लागि खुसीको समाचार के छ भने मात्रै तीन महिनामै कोभिड–१९ को भ्याक्सिनमा काम गरिरहेका ९० रिचर्स टिममध्ये ६ वटा टिमहरु भ्याक्सिन निर्माणको सहज अवस्थामा पुगेका छन् । अब उनीहरुले यो भ्याक्सिनको परीक्षण मानिसहरुमा गर्न सक्छन् ।

यस लेखमा तीनै ६ वटा उपचारका विधिका बारेमा बुझ्ने प्रयास गर्नेछौं । जसको विकास अहिले प्रक्रियाको चरणमा छ ।

mRNA- 1273 भ्याक्सिन
मोर्डन थेराप्युटिक्स एक अमेरिकी बायोटेक्नोलोजी कम्पनी छ । जसको मुख्यालय म्यासाच्युटमा छ । यो कम्पनीले कोभिड–१९ को भ्याक्सिनको विकासका लागि नयाँ रिचर्स रणनीतिमा काम गरिरहेको छ ।

कम्पनीको उद्देश्य यस्तो भ्याक्सिन तयार पार्नु हो, जुन कुनै पनि व्यक्तिको प्रतिरोधक क्षमतालाई तयार पार्छ ताकी त्यो कोरोना भाइरसको विरुद्ध लड्न सकोस र विरामी हुनबाट रोक्न सकोस् ।

यस्तो गर्नका लागि पारस्परिक तरिका अपनाइन्छ । जसमा जीवित तर कमजोर तथा निष्क्रिय जीवाणुको प्रयोग गरिन्छ ।

तर मोर्डन थेराप्युटिक्सको mRNA-1273  भ्याकिसनमा ती जीवाणुको प्रयोग गरिएको छैन । जुन कोभिड-१९ को महामारीका लागि जिम्मेदार छन् ।

यसको ट्रायलका लागि अमेरिकाको नेशनल इन्स्टिच्युट अफ हेल्थबाट फन्डिङ प्राप्त छ । यो भ्याक्सिन म्यासेन्जर RNA म्यासेन्जर राइबोन्यूक्लिक एसिडमा आधारित छ ।

वैज्ञानिकहरुले ल्यावमा कोरोना भाइरसको जेनेटिक कोड तयार पारेका छन् । त्यसको एक सानो हिस्सालाई मानिसको शरीरमा राख्न जरुरी हुन्छ ।

वैज्ञानिहरु यस्तो गर्नाले व्यक्तिको प्रतिरोधक क्षमता संक्रमणविरुद्ध लड्नका लागि प्रतिक्रिया गर्ने आशा र भरोसा व्यक्त गरेका छन् ।

INO-4800 भ्याक्सिन
अमेरिकाको बायोटेक्नोलोजी कम्पनी इनोवियो फार्मास्युटिकल्सको मुख्यालय पेन्सिभेलियामा छ । इनोवियो पनि रिचर्सको नयाँ रणनीतिमा काम गरिरहेको छ ।
कम्पनीले यस्तो भ्याक्सिन बनाउनका लागि फोकस गरिरहेको छ जसमा बिरामीको कोषमा प्लाज्मिडका माध्यमबाट सिधै डीएनए राखिन्छ । यसबाट बिरामीको शरीरमा संक्रमणसँग लड्नका लागि एन्टिबडीको निर्माण शुरु हुने आशा गरिएको छ ।

इनोवियो तथा मोर्डन दुबै कम्पनीले नयाँ तरिकाको मद्दत लिइरहेका छन् । जसमा अनुवंशिक संरचनामा परिवर्तन गरिन्छ । र, त्यसमा फेरि सुधार पनि गरिन्छ ।

भ्याक्सिनक निर्माणमा चुनौती
डाक्टर फेलिपे टोपिया जर्मनीको म्याग्डेवर्गमा म्याक्स प्लेक इन्स्टिच्युटमा बायोप्रोसेसर इन्जिनियरिङ ग्रुपका विशेष हुन् ।

उनी भन्छन, ‘यसमाध्यमबाट अहिलेसम्म कुनै पनि औषधि र उपचारको खोजी गरिएको छैन । न त मानिसमा प्रयोग गरी खोजीका लागि अनुमति नै प्राप्त भएको छ, तर मानिसहरुमा यो भ्याक्सिनको सफल विकास हुन्छ भन्नेमा धेरै आशा भने छ ।’

डाक्टर फेलिपे टोपिया भन्छन, ‘तर यसमा सावधान ुनु जरुरी छ, किनभने यो त्यस्तो भ्याक्सिन हुनेछ, जसको इतिहासमा अन्य कुनै उदाहरण प्राप्त हुँदैन ।’

‘यहाँसम्म कि मोर्डन थेराप्युटिक्सका वैज्ञानिक आफै पनि यो भनिसकेका छन् कि उनीहरुका अगाडि निकै ठूलो चुनौती यो भ्याक्सिन उत्पादन र मार्केटिङको अवस्थासम्म पुर्याउनु छ किनभने अहिले उनीहरुसँग म्यासेन्जर राइबोन्यूक्लिन एसिडमा आधारित भ्याक्सिनको विकासका लागि लाइसेन्स छैन,’ उनले भने ।


चीनमा के भइरहेको छ ?
चीनमा यो समय तीन वटा भ्याक्सिन प्रोजेक्ट्स यस्ता छन्, जसमा ह्युमन ट्रयाल अर्थात् मानिसहरुमा परीक्षण भइरहेको छ । यसमा उत्पादन र पारस्परिक तरिकाबाट प्रयोग भइरहेको छ ।

AD5-nCoV  भ्याक्सिन
१६ मार्चसम्म जब मोर्डन थेराप्युटिक्सले मानिसमा आफ्नो भ्याक्सिनको परीक्षण शुरु गरेको थियो । चिनियाँ बायोटेक कम्पनी क्यासिनो बायोलोजिक्सले पनि सोही दिन आफूले ट्रयाल शुरु गरेको थियो ।

यस प्रोजेक्टमा क्यासिनो बायोलोजिक्सका साथै इन्स्टिच्युट अफ बायोटेक्नोलोजी तथा चिनियाँ एकेडमी अफ मिलिट्री मेडिकल साइन्सेजले पनि काम गरिरहेका छन् ।

AD5-nCoV भ्याक्सिनमा एडेनो भाइरसको एक खास भर्सनको प्रयोगका माध्यमबाट भेक्टर गरिन्छ । एडेनो भाइरस जीवाणुको त्यो समूहलाई भनिन्छ, जुन हाम्रो आँखा, श्वासनली, फोक्सो, पेट तथा नर्भस सिस्टममा संक्रमणको कारण बन्न सक्छन् ।

यसमा सामान्य लक्षण हुन्छन् । जसमा ज्वरो, चिसो लाग्ने, घाँटीमा दुखाइ हुने, पखाला लाग्ने, आँखा गुलाबी हुन्छ । भेक्टरको अर्थ भाइस वा एजेन्टसँग छ जसको प्रयोग कुनै पनि कोषिकामा डीएनए पुर्याउनका लागि गरिन्छ ।

वैज्ञानिकको अनुमानमा यो भेक्टर त्यो प्रोटिनलाई सक्रिय गर्दछ जसको संक्रमणसँग लड्न प्रतिरोधक क्षमताका लागि सहयोगी हुन्छ ।

LV-SMENP-DC भ्याक्सिन

चीनामै सेञ्जेन जिनोइम्युन मेडिकल इन्स्टिच्युटमा एक अर्को ह्युमन भ्याक्सिन LV-SMENP-DC को परीक्षण पनि भइरहेको छ । जसमा एचआईभी जस्ता बिरामीका लागि जिम्मेवार ल्याटिभाइसबाट तयार गरिएको ती सहायक कोषको प्रयोग गरिन्छ । जसमा प्रतिरोधक क्षमता सक्रिय हुन्छ ।

वुहानमा बनिरहेको छ अर्को भ्याक्सिन

चीनमा बनिरहेको तेस्रो भ्याक्सिनमा अहिले काम चलिरहेको छ । जसमा निश्क्रिय भाइरसलाई भ्याक्सिन दिने प्रस्ताव छ । जसमा बुहान बायोलोजिक प्रोडक्टस इन्स्टिच्युटमा काम चलिरहेको छ ।

यो भ्याक्सिनका लागि निश्क्रिय भाइरसमा केही यस्तो परिवर्तन गरिएको छ जसमा ती भाइरसले अरु कसैलाई बिरामी बनाउन सक्ने क्षमता गुमाउँछन् ।

डाक्टर फेलिपे टोपियाका अनुसार भ्याक्सिन तयार गर्नका लागि यो सबैभन्दा सामान्य तरिका हो । धेरै जसो भ्याक्सिन यस्तै प्रक्रिया अनुसार तयार पारिन्छ ।
यसमा अनुमति प्राप्तीका लागि अड्चन कम आउनेछन् । त्यसैले आगामी १२ देखि १६ महिनासम्म कुनै पनि भ्याक्सिन तयार गर्नका लागि यही तरिकामा आधारित हुन्छ ।

ChAdOx1 भ्याक्सिन
बेलायतको अक्सफोर्ड विश्वविद्यालयका जेनर इन्स्टिच्युटमा ChAdOx1 भ्याक्सिनको विकासका लागि काम अहिले भइरहेको छ । २३ अप्रिलमा युरोपमा यसको पहिलो क्लिनिकल ट्रयाल पनि शुरु भइसकेको थियो ।

जेनर इन्स्टिच्युटका वैज्ञानिक पनि सोही तरिकाबाट काम गरिरहेका छन् । जुन तरिका चिनियाँ कम्पनी क्यासिनो बायोलोजी रिसर्चले गरिरहेको छ ।

तर अक्सफोर्डको टिमले चिम्पाञ्जीका लागि एडेनोभाइसरको कमजोर भर्सनको प्रयोग गरिरहेका छन् । यसमा केही परिवर्तन गरिएको छ ताकी मानिसमा आफै विकास गर्न नपरोस ।

डाक्टर फेलिपे टोपिया भन्छन्, ‘वैज्ञानिकहरु ल्यावमा तयार गरिरहेको भाइरस नोक्सानी दिने खालको छैन, तर यसको सहतमा कोरोना भाइरसको प्रोटिन छ, आशा गरिएको छ कि मानिसमा यो प्रोटिन प्रतिरोधक क्षमतालाई सक्रिया गर्नेछ ।’

वैज्ञानिक पहिले पनि यस प्रकारको तरिका प्रयोग गरिरहेका छन् । यसको मद्दतले मर्स कोरोना भाइरसको भ्याक्सिन विकास गरिएको हो । यो भ्याक्सिनले क्लिनिकल ट्रयालमा सकारात्मक परिणाम प्राप्त भएको छ ।

व्यापक उत्पादनको चुनौती
भलै कोरोना भाइरसको बिरामीको उपचारका लागि युद्ध स्तरमा खोजी जारी रहे पनि जानकाररु के भन्छन् भने यसबाट उपचार प्राप्त हुन्छ भन्ने कुनै ग्यारेन्टी भने छैन ।

जस्तो कि डाक्टर फेलिपे टोपियाका अनुसार अझै पनि काम गर्छ भन्ने थाहा भइसकेको छेन । उदारहणका लागि कोही पनि यो भ्याक्सिनले अप्रत्याशित प्रतिक्रिया के हुन सक्छ भन्ने बताउन सकेका छैनन् । वा फरक फरक जनसंख्या वा उमेरका मानिसमा यो भ्याक्सिनको के असर पर्छ भन्ने पनि थाहा छेन साथै उनीहरु समयको क्रमसँगै यसबारेमा पनि जानकारी हासिल हुने बताएका छन् ।

र, अर्को एक प्रभावशाली भ्याक्सिन तयार गर्न, त्यसका लागि अनुमति प्राप्त हुनु भनेको भ्याक्सिन तयार पार्नका लागि पहिलो कदम हो । त्यसपछि वास्तविक चुनौती अर्बौ मानिसका लागि भ्याक्सिनको उत्पादन र जरुरी भएका मानिस समक्ष यसलाई पुर्याउनु हुनेछ ।

यो लेख बीबीसीबाट साभार गरिएको हो

Publish on: