अर्बपति मुकेश अम्बानीले ६२० करोड भारुमा किने औषधि बेच्ने कम्पनी ‘नेटमेड्स’ « Eglish Khabarhub

अर्बपति मुकेश अम्बानीले ६२० करोड भारुमा किने औषधि बेच्ने कम्पनी ‘नेटमेड्स’



काठमाडौं । संसारभर नै कोरोना भाइरसले व्यापार व्यवसायलाई क्रमशः डिजिटलमा जान बाध्य बनाएको छ । कोरोनाको संक्रमण फैलने डरका कारण नाम चलेकादेखि भर्खर व्यवसाय शुरु गरेकाले समेत अनलाइनमा कारोबार शुरु गर्न थालेका छन् ।

के नेपाल, के भारत जताततै अनलाइन कारोबार सबैतिर मौलाएको छ । कोरोनाले संकट मात्रै होइन अवसर समेत सिर्जना गरिदिएको छ । मानिसहरुले नयाँ अवसरको समेत खोजी गरिरहेका छन् ।

यसै क्रममा संसारका अर्बपतिको सूचीमा रहेका भारतीय अर्बपति व्यवसायी मुकेश अम्बानीले पनि अनलाइन व्यवसायलाई थप प्रभावकारी बनाउने ध्येयका साथ औषधि बेच्ने अनलाइन कम्पनीमा खरिद गरेका छन् ।

अम्बानीले अनलाइनमा औषधि बिक्री गर्ने कम्पनी नेटमेड्सको खरिद गरेका छन् । समाचारहरुमा जनाइएअनुसार अम्बानीले सो कम्पनी खरिदका लागि ६२० करोड भारतीय रुपैयाँ बराबरको डिल गरिएको छ ।

अम्बानीको उक्त डिल सार्वजनिक भएपछि अनलाइन प्लेटफर्म अमेजन र फ्लिपकार्टलाई कडा टक्कर दिने अनुमान समेत सञ्चार माध्यमहरुका आएका छन् ।

अम्बानीको कम्पनी रिलायन्सले विटालिक हेल्थ तथा उसको सब्सिडरी कम्पनीको ६० प्रतिशत हिस्सेदारी लिएको छ । जसलाई आम रुपमा नेटमेड्सको रुपमा लिने जान्ने गरेका छन् । नेटमेड्स त्यस्तो एउटा इ-कमर्स पोर्टल हो जसमा प्रेस्क्रिप्सनका आधारमा ओभर द काउन्टर औषधि तथा अन्य स्वास्थ्य सामग्रीको बिक्री गर्दै आएको छ ।

अमेजन इन्डिया फार्मा सर्भिसको बैग्लरुमा पाइलट प्रोजेक्टको रुपमा लञ्च गरेको थियो । यस क्षेत्रमा फ्ल्पिकार्टले समेत प्रवेशको योजना बनाएको छ ।

रिलायन्सले अनलाइन फार्मेसीका कम्पनी नेटमेड्समा ६२० करोड भारतीय रुपैयाँ खर्च गरेको छ । रिलायन्सले विटाली हेल्थ तथा उसको सहायक कम्पनीको ६० प्रतिशत हिस्सेदारी लिएको छ । रिलायन्सको सहायक कम्पनी त्रिसारा हेल्थ प्राइभेट लिमिटेड, नेटमेड्स मार्केट प्लेस लिमिटेड तथा आधा दर्जन औषधी बिक्री वितरण गर्ने कम्पनीको १०० प्रतिशत नै हिस्सेदारी खरिद गरिएको छ ।

रिलायन्सका रिटेल डाइरेक्टर इशा अम्बानीले भनिन्, ‘भारतका अधिकांश नागरिक अनलाइनको पहुँचमा पुगुन् भन्ने ध्येयका साथ आफूहरुले अनलाइन कारोबारलाई थप प्रभावकारी बनाउन लागिएको हो ।’

‘नेटमेड्सले देशव्यापी रुपमा कम समयमा नै फ्रेन्चाइज विकास गरेको छ, त्यसले हामीलाई थप खुसी दिएको छ । जुन कामबाट हामी प्रभावित भएका छौ’, उनले अगाडि भनिन ।

नेटमेड् एक इ फार्मा पोर्टल हो । जसमा प्रेसक्रिप्सनका आधारित रहेर ओभर द काउण्टर स्वास्थ्य सामग्री तथा उतपादन बिक्री गर्न लागिएको छ । त्यसको सेवा देशका झण्डै २० हजार स्थानमा उपलब्ध रहेको छ ।

त्यसको अलावा कम्पनीले औषधि तथा औषधीजन्य सामग्रीको घर घरमा डेलिभरी गरिरहेको छ । त्यसको लगानीकर्ता भारतको चेन्नईलाई आधार बनाएर काम गरिरहेको फर्मा हो । उसले सन् २०१५ देखि काम गरिरहेको छ ।

रिलायन्सको उक्त तयारीपछि अनलाइन प्लेटफर्म कम्पनी अमेजन फार्मेसीको कारोबारलाई समेत टक्कर दिने भएको छ । यस्तै फ्लिपकार्टसँग समेत जबरजस्त प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।

Publish on: