सनराइज बैंकमा फेरि लफडाः राष्ट्र बैंकले सञ्चालकलाई बोलाएर छलफल « Eglish Khabarhub

सनराइज बैंकमा फेरि लफडाः राष्ट्र बैंकले सञ्चालकलाई बोलाएर छलफल



काठमाडौं । सनराइज बैंकमा पुन किचलो शुरु भएको छ । बैंकका सञ्चालक र व्यवस्थापनबीच देखिएको विवाद चुलिँदै गएपछि नियामक राष्ट्र बैंकले चासो देखाएको छ ।

केही महिना अघिबाट शुरु भएको बैंक सञ्चालक समितिको विवादका कारण व्यवस्थापनमा समेत समस्या देखिएपछि राष्ट्र बैंकले मंगलबार बैंकका सबै सञ्चालकहरुलाई बोलाएको राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ ।

सनराइज बैंकका सञ्चालकको बयानः सीइओले हामीलाई टेरेनन्, राष्ट्र बैंकले सम्झाएर पठायो

‘सोमबार नै नियमन विभागले बैंक सञ्चालक समितिलाई राष्ट्र बैंक आउन भनेको थियो,’ स्रोतले भन्यो, ‘पहिले नै साम्य भइसकेको विवाद पुन शुरु भएपछि सोधपुछका लागि आज बिहानै सञ्चालक समितिलाई बोलाइएको छ ।’

सनराइजका संचालकहरुसँग राष्ट्र बैंक नियमन विभाग र बैंक सुपरिवेक्षणका कार्यकारी निर्देशकको छलफल भइरहेको स्रोतले जानकारी दिएको छ ।

यसअघि पनि बैंकको सञ्चालक समिति र व्यवस्थापनबीच निकै ठूलो विवाद भएको थियो । र, राष्ट्र बैंकले दुबै पक्षलाई बोलाएर सम्झाएपछि केही समयका लागि विवाद साम्य देखिएको थियो ।

Publish on: