बेला बेलामा सामाजिक सञ्जाल फेसबुकको सुरक्षा प्रणालीका बारेमा प्रश्न उठ्ने गरेको छ । साइबर चोरीमा संलग्न व्यक्तिहरुले तथ्यांक चोरेर सार्वजनिक गरेको समाचार विवरणहरु बेला बेलामा आउने गरेकै छ ।
पछिल्ला दिनमा मात्रै सामाजिक सञ्जाल फेसबुकमा रहेका ५० करोड बढीको व्यक्तिगत विवरण ह्याकहरुले ह्याक गरी सार्वजनिक गरिदिएका छन् ।
ह्याकहरुले उनीहरुको फोन नम्बर तथा अन्य व्यक्तिगत विवरण समेत ह्याक गरेर सार्वजनिक गरिदिएका छन् ।
जानकारहरुका अनुसार फेसबुक प्रयोगकर्ता सकर्त नरहँदा त्यसबाट थप नोक्सानी हुने अवस्थाको सिर्जना भएको छ ।
अझै फेसबुक प्रयोगकर्ता सतर्क रहनु जरुरी रहेको प्रविधिका जानकारहरुको भनाइ छ ।
साइबर क्षेत्रका जानकारहरुका अनुसार सोसल इन्जिनियरिङमा गरिएको हमलाका कारण हरेक जसो महिना नै व्यक्तिगत विवरण तथा निजी तथ्यांक समेत ह्याकहरुको साथमा पुगेको छ ।
पछिल्ला दिनमा तथ्यांक सुरक्षाको विषयलाई लिएर चर्को विवाद भएको थियो । त्यसमा विशेष गरी सामाजिक सञ्जालहरुको सुरक्षाको विषय बढी चासोमा रहेको थियो ।
पछिल्लो पटक पुनः ५० करोड बढी फेसबुक प्रयोगकर्ताको तथ्यांक सुरक्षाको पहुँच भन्दा बाहिर गएपछि थप समस्या देखिएको छ ।
ह्याकहरुले ह्याक गरिएको विवरण क्रमैसँग इन्टरेनटमा राख्दै आएका छन् । त्यसमा प्रयोगकर्ताको व्यक्तिगत विवरणका अलावा अरु सबै विवरण समेत समावेश छ ।
तर, सार्वजनिक भएको तथ्यांक कुन–कुन देशका हो भन्ने बारेमा भने गोपनियताका कारण तत्काल सार्वजनिक गरिएको छैन ।
जानकारी अनुसार संसार झण्डै २ अर्ब ७० करोड बराबर फेसबुक प्रयोगकर्ता छन् । त्यसमा भारतमा मात्रै ३२ करोड र नेपालमा झण्डै ६० लाखको हाराहारीमा फेसबुक प्रयोगकर्ता छन् ।
उक्त लिकका विषयलाई लिएर इजरायी साइबर क्राइम इन्टेलिजेन्स फर्म हडसन रकका संस्थापक एलत गलका अनुसार व्यक्तिगत गोपनियताका विषयमा खास खास प्रकारको समस्या देखा परेको छ ।
उनका अनुसार उक्त डेटावेसमा जोडिएका फोन नम्बर विशेष गरी मोबाइल फोनबाट नै चोरी भएको हो । ती तथ्यांक सबै जसो गत जनवरीमा चोरिएको हो । त्यसको विवरण टेक पब्लिेकशन मदरबोर्डले दिएको हो ।
गलका अनुसार फेसबुक प्रयोगकर्ताले सोसल इन्जिनियरिङमा गरिएको हमलाप्रति सतर्क रहनु जरुरी छ । तर, प्रणालीमा भइरहेको ह्याकिङ नियन्त्रणका लागि कुनै पनि प्रयास हालसम्म भएको छैन ।
सनसनीपूर्ण विवरण सार्वजनिक भएपछि फेसबुकले भने एउटा काइते विवरण सार्वजनिक गरेको छ ।
उसले भनेको छ, यो केवल हल्ला मात्रै हो । हल्लाको पछाडि किन मानिसहरु दोडिइरहेका छन् , त्यसको बारेमा हामीलाई केही पनि जानकारी छैन ।
फेसबुकले सार्वजनिक भएको भनिएको विवरणका बारेमा परीक्षण गरेको जनाएको छ ।
गलका साथ साथै केही पत्रकारले पनि सो विषयमा छानबिन गरिरहेको छ । फेसबुकले सो विवरण असाध्यै पूरानो भएको समेत दावी गरेको छ ।
यो विवरण सन् २०१९ को हो, त्यसपछि हामीले असाध्यै धेरै सुरक्षा प्रणालमिा सुधार गरेका छौ, फेसबुकले भनेको छ ।
तर साइबर सुरक्षाका जानकारहरुले भने फेसबुकले जानी जानीकन नै व्यक्तिगत तथ्यांकमाथि खेलबाड गरिरहेको जनाएका छन् ।
SHARE YOUR THOUGHTS