काठमाडौं । नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको खुद नाफा चालु आर्थिक वर्षको ९ महिनामा ५.५५ प्रतिशतले घटेको छ । बैंकले गत आवको चैत समान्तसम्म १ अर्ब १६ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
जुन चालु आवको सोही अवधिमा आइपुग्दा ६४ करोड ७० लाख रुपैयाँले घटेर १ अर्ब १० करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।
बैंकद्वारा सार्वजनिक चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार सो अवधिमा वितरण योग्य नाफा भने ८७ करोड ९३ लाख रुपैयाँ रहेको उल्लेख छ ।
यसैगरी, बैंकले गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा निक्षेप संकलनतर्फ ३९.८३ प्रतिशतले र कर्जा प्रवाहतर्फ ३६.२५ प्रतिशतले वृद्धि गरेको छ । बैंकले चालु आवको चैत मसान्तसम्म १ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ निक्षेप संकलन गरी ८८ अर्ब ५९ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
जसबाट बैंकले २ अर्ब १५ करोड ८९ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत आवको सोही अवधिको तुलनामा १३.८६ प्रतिशतले कम हो । गत आवको चैत मसान्तसम्म बैंकले २ अर्ब ५० करोड ६२ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
सो अवधिमा २ अर्ब ९५ करोड ३३ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । जुन गत आवको चैत मसान्तको तुलनामा २.३१ प्रतिशतले थोरै हो । गत आवको चैत मसान्तमा बैंकले ३ अर्ब २ करोड ३२ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको थियो ।
यसैगरी, चालु आवको चैत मसान्तसम्म बैंकको खराव कर्जा अनुपात २.०५ प्रतिशत, बेसरेट ७.४१ प्रतिशत, स्प्रेडरेट ३.७४ प्रतिशत, सीसीडी रेसीयो ७७.६८ प्रतिशत रहेको छ । साथै सो अवधिमा बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ २३ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ३८ रुपैयाँ २७ पैसा, तरलता अनुपात २३.०४ प्रतिशत र पुँजी कोष अनुपात १३.७८ प्रतिशत कायम छ ।
SHARE YOUR THOUGHTS