कमिसन नपाएर कोरोनाको खोप रोकेको आरोप लागेका सुरज बैद्यले नापतौलमा ठगी गरेको पुष्टि « Eglish Khabarhub

कमिसन नपाएर कोरोनाको खोप रोकेको आरोप लागेका सुरज बैद्यले नापतौलमा ठगी गरेको पुष्टि


२ जेष्ठ २०७८, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । कमिसनको नपाएपछि कोरोना भाइरस विरुद्धको भ्याक्सिन आयात रोकेको आरोप लागेका व्यवसायी सुरज बैद्यको कम्पनीले नापतौलमा ठगी गरेको पुष्टि भएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष समेत रहेका वैद्यको कम्पनी नेपाल वेलहोप एग्रिटेक प्रालिले उत्पादन गरेको कुखुराको दाना बिक्री तौलमा किसान ठगिएको पुष्टि भएको हो । नेपाल गुणस्तर तथा नापतौल विभागले वेलहोप एग्रिटेकले नापतौलमा ठगी गरेको पुष्टि गरेको हो ।

चितवनमा रहेको वेलहोप एग्रिटेकले ५० किलो लेखिएको बोरामा ४६ किलोमात्रै दाना बिक्री गरेको पाइएको छ । ठगी पुष्टि भए कम्पनीका अध्यक्षलाई ३० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैद हुने कानुनी प्रावधान छ ।

गुणस्तर विभागका अनुसार तौल ठगीको आरोपमा स्ट्याण्डर्ड नाप तौल ऐन २०२५ अनुसार ठगीको आरोपमा उद्योगको अध्यक्षलाई नै मुद्दा चल्ने कानुनी प्रवधान छ । कम्पनीको अध्यक्ष सुरज बैद्य आफैं छन् ।

सुरज वैद्यमाथि गम्भीर आरोप: ३२ करोड कमिसन नपाएपछि रोके कोभिड विरुद्धको खोप

विभाग मातहतको बीरगञ्जस्थित कार्यालयले यो उद्योगले कुखुरा पालक किसानलाई बेचेको ५० किलो दानामा ४६ किलो हाराहारी मात्रै तौल भएका १० बोरा दाना जफत गरी उद्योगविरुद्ध अदालतमा ठगी मुद्दा हाल्ने भएको छ ।

किसानले उजुरी गरेपछि विभागले नापतौल गरेको थियो । उक्त उद्योगले लामो समयदेखि किसान ठग्दै आएको प्रमाणित भएको हो । भरतपुर महानगरपालिका वडा नं. २३ का अध्यक्ष नरिनारायण पौडेललाई साक्षी राखेर किसानले दानाको बोरा तौलिएका थिए । उद्योगले तौलमा ठगेको देखिएपछि कानुनी उपचारका लागि वडा कार्यालयले पनि सिफारिस गरेको छ ।

बैद्यमाथि कोरोना भाइरसविरुद्धको खोप रोकेको गम्भीर आरोप लागेको छ ।

मन्त्री त्रिपाठीलाई सुरज वैद्यकाे चुनौती: कमिसन नपाएर भ्याक्सिन राेकेकाे प्रमाणित भए व्यापार छाेड्छु

स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्रदयेश त्रिपाठीले बैद्यकी श्रीमति ऋतुसिंह बैद्य सञ्चालक रहेको हुकुम इन्टरप्राइजेजले १० प्रतिशत कमिसन मागेका कारण खोप खरिद गर्न नसकेको बताएका थिए ।

सिरमसँग सरकारले सीधै ५० लाख डोज किन्ने प्रक्रिया अगाडि बढाएपछि आफ्नो १० प्रतिशत अर्थात् ३२ करोड रुपैयाँ कमिसन नआउने भएपछि वैद्यले सिरमले दिनुपर्ने १० लाख डोज खोप नै नेपाल ल्याउन रोकेका थिए। उक्त आरोपको बैद्यले प्रष्टरुपमा खण्डन गर्न सकेका छैनन् ।

यद्यपि बैद्यले क्लिकमाण्डूसँग कुराकानी गर्दै मन्त्री त्रिपाठीलाई आफूमाथि लगाएको आरोप प्रमाणित गर्न चुनौति दिएका छन् ।

‘स्वास्थ्यमन्त्री त्रिपाठीलाई मेरो चुनौति छ, ममाथि लगाइएको आरोप प्रमाणित गर्नुहोस् जिन्दगीभर व्यापार व्यवसाय गर्दिन,’ बैद्यले भने ।

चिनियाँ जहाजका कारण निगमलाई ९ अर्ब घाटा, सुरज वैद्य थिए जहाजको एजेन्ट

व्यवसायी बैद्य नेकपा एमाले र त्यसका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीसँग निकट मानिन्छन् । त्यसैले पनि होला यति गंभीर विषय बाहिरिँदा पनि प्रधानमन्त्री ओलीले बैद्यको बचाउ गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा कोरोनाको औषधि खरिदमा भएको भ्रष्टाचार उछाल्ने काम भएको बताएका छन् ।

एक साताअघि संसदमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने- कोभिडविरद्धको औषधि खरिद जस्ता कुरामा भएको भ्रष्टाचारको नाममा कुरा उछाल्ने र नभएका कनेक्सन खोज्ने देखाउने क्रियाकलाप भए ।’

कमिसनको खेलका कारण खोप आयात हुन नसक्दा कोरोना महामारीबाट लाखौं नेपालीको ज्यान जोखिममा परेको छ ।

त्यतिमात्रै होइन बैद्य स्थानीय एजेन्ट रहेको कम्पनीले शक्तिको आडमा नेपाल वायु सेवा निगमलाई का लागि चिनियाँ जहाज किनाएको थियो । उक्त चिनियाँ जहाजका कारण निगमले ९ अर्ब रुपैयाँ नोक्सानी व्यहोर्नु परेको छ । 

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतबार ००:००  ११ : ५१ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping