मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयको सिफारिस (पत्रसहित)


झापामा रहेको बीएन्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन काठमाडौं विश्वविद्यालयले चिकित्सा शिक्षा आयोगलाई सिफारिस गरेको छ ।

विश्वविद्यालयको ८९औं वैठकले सम्बन्धन अगाडि बढाउने निर्णय गरेको हो । विश्वविद्यालयले वैशाख २२ गतेदेखि २६ गतेसम्म कलेजको निरिक्षण गरेपछि सिफारिस गरेको हो ।

निरिक्षण प्रतिवेदन अनुसार चिकित्सा शिक्षा ऐन २०७५ को दफा १२ (६) अनुसार विश्वविद्यालयले सम्बन्धनका लागि सहमति दिने र सिट संख्या सहित स्वीकृतिका लागि आवश्यक निर्णय गरि दिन विश्वविद्यालयको कार्यकारी परिषदको वैशाख ३१ गते सम्पन्न बैठकले उक्त निर्णय गरेको हो ।