सुपरसोनिक विमान बनाउने युनाइटेडको घोषणा, लन्डनदेखि न्यूयोर्कको यात्रा जम्मा साढे ३ घण्टामा « Eglish Khabarhub

सुपरसोनिक विमान बनाउने युनाइटेडको घोषणा, लन्डनदेखि न्यूयोर्कको यात्रा जम्मा साढे ३ घण्टामा



अमेरिकाको आकाशमा अब फेरि सुपरसोनिक एयरलाइन्सले उडान गर्ने गरी तयारी शुरु भएको छ । अमेरिकाको युनाइटेडले १५ वटा नयाँ सुपरसोनिक एयरलाइन्स खरिद गर्ने घोषणा गरेको छ । जसअनुसार सन् २०२९ सम्ममा सुपरसोनिक एयरलाई फेरि उडान गर्न सक्ने अनुमान गरिएको छ ।

यसअघि सुपरसोनिक विमानको उडान सन् २००३ मा बन्द गरिएको थियो । तत्कालीन समयमा फ्रान्स र ब्रिटिस कम्पनीले सुपरसोनिक ‘कन्कोर्ड’ विमान सञ्चालन बन्द गर्ने घोषणा गरेका थिए ।

नयाँ सुपरसोनिक कम्पनी डेनभरको ‘बुम’ नामक कम्पनीले निर्माण गर्नेछ । तर अहिले उक्त कम्पनीको विमानले सुपरसोनिक जेट विमानको परीक्षण उडान गर्नुपर्नेछ ।

विमान निर्माणका लागि प्रतिविमान २० करोड डलर खर्च हुने अनुमान गरिएको छ ।

के हो सुपरसोनिक विमान ?
सुपरसोनिक विमान यस्तो विमान हो, जुन ध्वनीको गतिमा उडान भर्न सक्छ । यो ६० हजार फिट उचाइमा उडान गर्ने क्षमता राख्छ । यसको अर्थ ६६० मिल प्रतिघण्टा वा १०६० मिल प्रतिघण्टाभन्दा बढी घण्टाको गतिभन्दा पनि तीव्र गतिमा उडान भर्न सक्छ ।

सामान्य जेट यात्रुवाहक विमान प्रतिघण्टा ५६० मिल वा ९६० मिल प्रतिघण्टाको गतीमा उडान भर्न सक्छ । तर यो विमान १ हजार १२२ मिल प्रतिघण्टा वा १८०५ किलोमिटर प्रतिघण्टाको गतिमा उडान भर्न सक्छ ।

जस अनुसार बेलायतको लण्डनदेखि अमेरिकाको न्यूयोर्कसम्मको दुरी सामान्य विमानको तुलनामा आधा समयमै उडान भर्न सकिनेछ । ओभर्चरका अनुसार यो दूरी सुपरसोनिक विमानले साढे ३ घण्टामै पूरा गर्न सक्छ ।

सन् १९७६ मा यात्रुवाह विमान कोनकोर्ड १३५० मिल प्रतिघण्टा वा २१८० मिल प्रतिघण्टा हुने बताएको थियो ।

तर सुपरसोनिक विमानको चुनौती प्रदुषण र ध्वनीलाई मानिएको छ । सुपरसोनिक विमानको गति धेरै हुँदा यसले ठूलो आवाज उत्पादन गर्छ । जसलाई जमिनमा धमाकाको जस्तै आवाज आउन सक्छ । जसका कारण विमान यति तीव्र गतिमा उडान भर्न सक्छ ।

जसलाई मानिसको बसोबास भएको क्षेत्रमा कम गतिमा र समुन्द्र माथिको आकाशमा तीव्र गतिमा उडान भर्न सक्नेछ । ताकी ध्वनी प्रदुषण कम होस् ।
बुम कम्पनीले उक्त विमान टेक अफ र ल्याण्ड गर्दा सामान्य विमानले जत्तिकै ध्वनी उत्पादन गर्ने गरी निर्माण गरिने विश्वास लिएको छ ।

दोस्रो चुनाती हो इन्धनको खपत । बुम कम्पनीका अनुसार सुपरसोनिक विमानका लागि धेरै इन्धनको जरुरी पर्नेछ । तर ओभर विमान कार्बन उत्सर्जन कम गर्ने गरी निर्माण र सञ्चालन हुने कम्पनीको विश्वास छ ।

उक्त सुपरसोनिक विमान दीर्घकालीन रुपमा सञ्चालन गर्ने योजना बनाइएको छ । क्रानफिल्ड विश्वविद्यालयका एभिएसन एण्ड इन्भायरोमेन्टका एसोसिएट प्रोफेसर डा. गाइ ग्रेटनका अनुसार यो विमानले खास प्रकारको बायोडिजलको रुप लिन सक्छ ।

जसमा खेतिबाट सिर्जित फोहोर, जनावरको दिसा र खासगरी उर्जाका लागि उत्पादन गरिएको उत्पादन सबै समावेश गरिन सकिनेछ । तर त्यसका लागि आवश्यक उर्जाका लागि आवश्यक उत्पादन अहिले हामीसँग छैन । तर बुम कम्पनीका अनुसार जति पनि कमी रहनेछ त्यसलाई पावर टु लिक्विड प्रक्रियाबाट पूरा गरिनेछ । अर्थात् वायु उर्जाको प्रयोग गर्न पनि सकिन्छ ।

आजभन्दा ५० वर्षअघि कोनकोर्ड विमान बनाउनका लागि ठूलो खर्च लागेको थियो । तर बन्द हुने समयसम्म ब्रिटिसका लागि यो फाइदाको व्यापार नै भएको थियो ।

-बीबीसी

Publish on: