सामाजिक सञ्जालमार्फत् राष्ट्र बैंकको नाममा ठगी धन्दा « Eglish Khabarhub

सामाजिक सञ्जालमार्फत् राष्ट्र बैंकको नाममा ठगी धन्दा



काठमाडौं । केन्द्रीय बैंकको नाममा सामाजिक सञ्जालमा ठगी धन्दा शुरु भएको छ । करोडौं आर्थिक सहयोगको लोभ देखाउँदै सामाजिक सञ्जालमार्फत् नेपाल राष्ट्र बैंकको नाममा अनाधिकृत पेजमार्फत् ठगी शुरु भएको हो ।

सेन्ट्रल बैंक अफ नेपाल नामक सो फेसबुक पेजमा राष्ट्र बैंकको लोगको प्रोफाइल राखिएको छ । जसमा राष्ट्र बैंकको पुरानो भवनको पोटो राखेर केन्द्रीय बैंकले २०० व्यक्तिका लागि नगद अनुदान घोषणा गरेको उल्लेख छ । सो नगद अनुदान १ बैंकले १ सय व्यक्तिलाई अनुमानित प्रतिव्यक्ति १ हजार अमेरिकी डलर आर्थिक सहयोग गर्ने उल्लेख छ ।

तर, सो फेसबुक पेज राष्ट्र बैंकको नभएको बैंकका प्रवक्ता देव कुमार ढकालले बताए ।

‘राष्ट्र बैंकले आजसम्म कुनैपनि आधिकारीक फेसबुक पेज बनाएको छैन,’ ढकालले क्किमाण्डूसँग भने, ‘यो अनाधिकृतरुपमा व्यक्ति ठग्ने प्रयोजनमा केन्द्रीय बैंकको नाममा बनाइएको पेज हो, त्यसमा उल्लेख गरिएजस्तो आर्थिक अनुदान यहाँबाट आजसम्म घोषणा भएको छैन ।’

उक्त फेसबुक पेजबारे राष्ट्र बैंकका आइटी डिपाटमेन्टले छानबिन गरिरहेको र अध्ययन पछि सो पेज सञ्चालन गर्ने व्यक्ति वा संस्थाविरुद्ध केन्द्रीय अपराध अनुसान्धन ब्युरोमा साइबर क्राइम सम्बन्धी उजुरी गरिने उले बताए ।

साथै, सो पेजमा उल्लेख गरिएको अनुसार आर्थिक सहयोग पाउने आशामा त्यहाँ दिएको निर्देशन मानेर व्यक्तिगत विवरण भरेर सबमिट नगर्न उनले आग्रह गरेका छन् । 

Publish on: