अर्थमन्त्री शर्मालाई ५ बजे स्वागत गर्न प्रशासन महाशाखाको सर्कुलर, अर्थसचिव मरासिनी विदामा « Eglish Khabarhub

अर्थमन्त्री शर्मालाई ५ बजे स्वागत गर्न प्रशासन महाशाखाको सर्कुलर, अर्थसचिव मरासिनी विदामा


१५ श्रावण २०७९, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा पुन नियुक्ति हुने निश्चित भएपछि अर्थसचिव मधुकुमार मरासिनी विदामा बसेका छन् । अर्थ मन्त्रालय श्रोतका अनुसार मरासिनी पोखरा गएका छन् ।

यसअघि गत असार २२ गते शर्मा मन्त्री पदमा रहँदासम्म मन्त्रालयमा नफर्किने भन्दै सचिव मरासिनी अनिश्चित कालका लागि विदामा बसेका थिए । तर, सचिव मरासिनी विदा बसेकै दिन मन्त्री शर्माले संसदलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गरेपछि २३ गतेदेखि सचिव मरासिनी काममा फर्किएका थिए ।

आइतबार बिहान नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अर्थमन्त्रीमा फेरि पनि शर्मालाई नै नियुक्ति गर्न सिफारिस गरेको जानकारी पाएपछि पोखरा रहेका सचीव मरासिनी काठमाडौं नफर्किएका हुन् ।

मरासिनी अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखाको कार्यक्रममा भाग लिन भन्दै महाशाखा प्रमुख इश्वरीप्रसाद अर्यालसँग पोखरा गएका हुन् ।

`अर्थ सचिव मरासिनीलाई मन्त्री शर्मासँग काम गर्ने मन भए आज बिहानै पोखराबाट फर्किन सक्थे´ श्रोतले भन्यो,´ तर उहाँ मन्त्री शर्मासँग काम नगर्ने भन्दै स्वागतकालागी काठमाडौं फर्कनु भएन ।´

अर्थ मन्त्रालयको प्रशासन महाशाखाले मन्त्री शर्मालाई स्वागत गर्न कर्मचारीहरुलाई सर्कुलर गरेको छ । अर्थ मन्त्रालयका कर्मचारीहरु मन्त्रीको स्वागत गर्न तयार भएर बसेका छन् ।

अर्थसचिव विदामा बसेपछि राजस्व सचिवको नेतृत्वमा मन्त्री शर्माको स्वागत गरिने छ । आज मन्त्री ज्यूले पदवाहली गर्ने भन्दै ५ बजे घर नजान प्रशासन महाशाखाले निर्देशन दिएको छ,´ अर्थ मन्त्रालयका एक अधिकारीले भने, अब मन्त्रीज्यू कति खेर आउनु हुन्छ थाहा छैन ।´

अर्थ मन्त्रालयको प्रशासन महाशाखा प्रमुख केदार शर्माले आज अर्थमन्त्री आउने भन्ने जानकारी आएपछि कर्मचारीलाई ५ बजे नै घर नजान भनिएको जानकारी दिए। ५ बजे बिदा हुने भनेकाले कर्मचारीलाई आज छिटो घर नजान भनिएको हो,´शर्माले भने`हामीले आज अर्थमन्त्री आउने जानकारी पाएका छौं तर मन्त्री को आउनु हुन्छ त्यो हामीलाई थाहा हुँदैन ।´

बजेट निर्माणका क्रममा गत जेठ १४ गते राति अनधिकृत व्यक्तिलाई मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको आरोप लागेपछि अर्थमन्त्री शर्मामाथि छानविन गर्न विशेष संसदीय समिति गठन भएको थियो । उक्त समितिले गत शुक्रबार सभामुखलाई प्रतिवेदन बुझाइसकेको छ ।

छानबिन समितिले शर्मा निर्दोष रहेको प्रतिवेदन दिए पछी शर्मा फेरि अर्थ मन्त्रालय फर्कन लागेका हुन् । आज प्रधानमन्त्रीले शर्मालाई अर्थमन्त्रीमा नियुक्ति गर्ने र त्यसपछि राष्ट्रपतिकहाँ सपथ लिएर सीधै मन्त्रालय जाने शर्माको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १५ श्रावण २०७९, आइतबार ००:००  २ : ३४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping