बिजुली आयातका लागि भारतको स्वार्थसहितको शर्त, ‘हाम्रो वास्तविक अवस्था देखाइदियो’ « Eglish Khabarhub

बिजुली आयातका लागि भारतको स्वार्थसहितको शर्त, ‘हाम्रो वास्तविक अवस्था देखाइदियो’


१६ चैत्र २०८०, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । भारतले नेपाललाई सोलार आवरमा (दिउँसो) मात्रै बिजुली आयात गर्न पाउने गरि इजाजत स्वीकृत गरेको छ ।

भारतले सोलार आवर (बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म ) का लागि ५५४ मेगावाट बिजुली आयात गर्ने अनुमति दिएको हो। बुधबार भारतले शर्तसहित प्रतिस्पर्धी बजार इण्डियन इनर्जी एक्सचेन्ज लिमिटेडबाट दिउँसो १२ घण्टा मात्रै आयात गर्ने अनुमति दिएको हो ।

दिउँसो मात्रै बिजुली आयात गर्न पाउने भएपछि रातको बिजुली व्यवस्थापन चूनौतीपूर्ण बनेको नेपाल विद्युत प्राधिकरणका एक उच्च अधिकारीले बताए । ‘भारतले यसरी कहिल्यै शर्त राख्ने गरेको थिएन । हामीले सहज रुपमा बिजुली ल्याइरहेका थियौं, ‘ प्राधिकरणका ती अधिकारीले भने, ‘उनीहरुले यो पटक अनेक शर्त राखे । चिढिएको जस्तो बुझिएको छ।’

अहिले भारतबाट करिब ६०० मेगावाट बिजुली आयात भइरहेको छ । नेपाल र भारतबीच प्रतिस्पर्धी बजारबाट बिजुली आयातका लागि ५ वर्षे सम्झौता भएको छ । यो सम्झौता हरेक वर्ष नवीकरण गर्नुपर्छ । यो सम्झौता मार्च ३१ (चैत १८ गते) यो म्याद सकिँदैछ । म्याद सकिनुभन्दा तीन महिना पहिले नै विद्युत् प्राधिकरणले नवीकरणका लागि अनुमति मागेको थियो । तर भारतले बार्गेनिङ गरेर अन्तिम समयमा दिउँसो मात्रै आयात गर्न दिने निर्णय गरेको छ । एक वर्षका लागि यस्तो सम्झौता नवीकरण हुने भए पनि भारतले तीन महिनाका लागि मात्रै दिने निर्णय गरेको छ ।

ऊर्जा मन्त्रालयका एक उच्च अधिकारीका अनुसार प्रतिस्पर्धी बजारबाट २४ सै घण्टा बिजुली आयात गर्न पाउने विषयमा भारतसँग छलफल चलिरहेको छ । उनीहरुले मान्नेमा ऊर्जा मन्त्रालयका कर्मचारीहरु विश्वस्त देखिन्छन् । यसका लागि उच्च तहमा छलफल हुने उनको दाबी छ । ऊर्जा सचिव गोपाल प्रसाद सिग्देलले समकक्षी सचिवलाई फोन गरेपछि उनीहरुले छलफल गरेर तीन महिनाका लागि अनुमति दिने निर्णय गरेका हुन् ।

अब नेपालले प्रतिस्पर्धा गरेर आयात गर्न पाउँछ । ‘प्रतिस्पर्धी बजारबाट बिजुली आयात गर्दा हामीलाई महँगो पर्दैन । बजारले तय गर्ने विषय हो,’ ऊर्जा मन्त्रालयका एक अधिकारीले भने, ‘त्यहाँभन्दा बाहिरबाट आयात गर्नुपरेको भए दोब्बर महँगो पर्थ्यो ।’

अहिले मुलुकको जडित क्षमता ३००० मेगावाट पुगेको भए पनि करिब १५०० मेगावाटको माग पूरा गर्न भारतबाट ६०० मेगावाटसम्म आयात हुने गरेको छ । अधिकांश नदी प्रवाहमा आधारित जलविद्युत् आयोजना रहेका कारण हिउँदको उत्पादन ३० प्रतिशतभन्दा तल झर्छ । केहि आयोजनाको उत्पादन १० प्रतिशतमा सीमित भएका छन् ।

बर्खामा उत्पादन सरप्लस भएर खेर जाने र हिउँदमा आयात गरेर व्यवस्थापन गर्नुपर्ने बाध्यात्मक अवस्था नेपालको छ । यहि बाध्यताको फाइदा भारतले उठाइरहेको छ । बर्खामा सरप्लस हुने बिजुली किन्न भारतले मान्दैन भने हिउँदमा हामीलाई चाहिने जति बिजुली दिँदैन । गएको बर्खामा भारतले नकिनिदिएका कारण करिब ५०० मेगावाट बिजुली खेर फाल्नु परेको थियो । भने यो वर्ष १५०० मेगावाटको बिजुली निर्यातका लागि नेपालले अनुमति मागेको छ । १००० मेगावाटको अनुमति नदिए आउँदो वर्खामा पनि खेर जाने अवस्था रहेको नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदिप थिकेले बताए ।

ऊर्जा विज्ञ तथा नेपाल विद्युत् प्राधिकरणका पूर्वउपकार्यकारी निर्देशक प्रबल अधिकारीले भारतसँग भीख मागेको जसरी आयात अनुमतिपत्र नवीकरण भएको बताए । ‘राष्ट्रिय हित हेरेर काम गर्नुपर्छ । म्याद सकिन चार दिन बाँकी हुँदा लौ न ! भनेर भीख मागेको जसरी जुनसुकै शर्तमा पनि सहमति भएको छ,’ उनले भने ।

उनले सोलार आवरमा मात्रै आयात गर्ने अनुमति दिएको भए व्यवस्थापन चूनौतीपूर्ण हुने बताए । ‘भारतले ८ घण्टालाई सोलार आवर मान्छ । हामी इन्जिनियरहरु ५ घण्टालाई सोलार आवर मान्छौं,’ उनले भने, ‘भारतले ८ घण्टा बिजुली दिने हो भने पनि १६ घण्टाको व्यवस्थापन कसरी हुन्छ ?’ उनले नेपालको अवस्था के हो भनेर देखिएको बताए ।

प्रकाशित मिति : १६ चैत्र २०८०, शुक्रबार ००:००  १२ : १३ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping