![](https://internal.appharu.com/wp-content/uploads/2024/05/jhapa-bank_durga-parsai.png)
कठमाडौं । दुर्गा प्रसाईँका कार्यकर्ताले बिर्तामोडमा रहेका दुई बैंकको शाखामा तोडफोड गरेका छन् ।
प्रसाईको ‘राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ अभियान’ अन्तर्गत आजआयोजित र्यालीमा सहभागी भएका चार जना युवाले बिर्तामोडमा रहेका एभरेष्ट बैंक र ज्योती विकास बैंकको शाखा कार्यालयमा तोडफोड गरेको हुन् ।
र्यालीमा सहभागी केही युवाको समूहले दुई बैंकको शाखा कार्यालयमा तोडफोड गरेको प्रहरीले पुष्टी गरेको छ । जसमध्ये ४ जनालाई नियन्त्रणमा लिइएको छ ।
बैंकमा तोडफोड गर्दा पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-५ का अन्जेश राई, बिर्तामोड नगरपालिका-३ का मनकुमार तामाङ, बुद्वशान्ती गाउँपालिका-४ का दीपेश राई र पवन दुलाल छन् । बाँकीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
SHARE YOUR THOUGHTS