![](https://internal.appharu.com/wp-content/uploads/2017/01/Baikuntha-Aryal.jpg)
काठमाडौं । मुख्य सचिव बैकुण्ठ अर्यालयले विस्फोटक पदार्थ आयातको समस्या समाधानका लागि सहजीकरण हुने बताएका छन ।
स्वतन्त्र ऊर्जा, उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को २२ औं साधारसभालाई सम्बोधन गर्दै उनले विस्फोटक पदार्थको आयातमा समस्या रहेको बिषय आफ्नो नोटिसमा रहेको बताए । उनले उक्त समस्या समाधानका लागि पहल हुने प्रतिवद्धता व्यक्त गरे ।
भारतले विस्फोटक पदार्थ रोक्दा ४७ जलविद्युत् आयोजनाको काम प्रभावित भएको छ । ६ महिनादेखि विस्फोटक पदार्थ ल्याउने अनुमति नपाएपछि आयोजनाहरु ठप्प हुने अवस्थामा पुगेका छन ।
![](https://internal.appharu.com/wp-content/uploads/2024/05/ippan-768x512.jpg)
इप्पानले भारतले विस्फोटक पदार्थ रोक्दा जलविद्युत आयोजनाहरु ठप्प हुन थालेपछि बैशाख अन्तिम साता मुख्य सचिव बैकुण्ठ अर्याल,ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव सुशिलचन्द्र तिवारी र परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललाइ पत्र लेखेको थियो । ४७ जलविद्युत् आयोजना प्रभावित भएकाले कुटनीतिक पहल गरिदिन आग्रह गर्दै पत्र लेखेको छ ।। निजी क्षेत्रले गरेको आग्रह भारतले नमानेपछि सरकारलाई पहल गरिदिन आग्रह गरेको हो ।
निजी मात्रै नभई सरकारी आयोजनाले समेत विस्फोटक पदार्थ पाएका छैनन् । नेपाल विद्युत प्राधिकरणको सहायक कम्पनी तनँहु हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको १४० मेगावाटको तनँहु जलाशययुक्त जलविद्युत् आयोजनाले विस्फोटक पदार्थ पाएको छैन ।
अप्पर तामाकोसी हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको २२ मेगावाटको रोल्वालिङ खोला जलविद्युत् आयोजनाको काम विस्फोटक पदार्थ नपाएका कारण प्रभावित भएको छ । विस्फोटक पदार्थको अभावका कारण आयोजनाको कामले गति लिन सकेको छैन ।
सुपर बलेफी, सानिमा हाइड्रोको जुम खोला, लुप्चे लिखु, छुजुङ खोला, लिखुमा निर्माणाधीन पीके हाइड्रोलगायतका आयोजनाहरुले विस्फोटक पदार्थ नपाउँदा काम प्रभावित भएको छ ।
SHARE YOUR THOUGHTS