काठमाडौं । श्रममन्त्री डीपी अर्यालसँग ६ वटा संस्थाको सेयर रहेको पाइएको छ ।
अर्यालले प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा पेस गरेको सम्पत्ति विवरण अनुसार उनीसँग मेगा बैंकमा १० हजार,विग इन्भेस्टमेन्टमा ३५ हजार,पिपुल इन्भेस्टमेन्टमा ९ हजार कित्ता सेयर रहेको छ ।
त्यस्तै उनको जनसागर सहकारीमा १० हजार कित्ता, सूवर्णभूमि सहकारीमा १ हजार र संयम सहकारीमा २ हजार गरि कुल ६७ लाख मूल्य बराबरको ६७ हजार कित्ता सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । यसको स्रोत पनि व्यापार भएको उल्लेख छ।
त्यस्तै जनसागर सहकारीमा उनको १ करोड १५ लाख र श्रीमती अम्बिका केसीको जनसागर सहकारीमा १५ लाख रुपैयाँ नगद मौज्दात रहेको छ ।
अर्यालमाथि सहकारी ठगीको आरोप लागिरहेको छ । ‘हाम्रो नयाँ कृषि सहकारी संस्था’को सञ्चालनका क्रममा बचतकर्ता ठगी गरेको अर्यालमाथि आरोप लागेको हो ।
SHARE YOUR THOUGHTS