आँखुखोला हाइड्रोका अध्यक्ष र २ सञ्चालकको विवरण मागेर २ महिनादेखि अध्ययन गर्दै बोर्ड « Eglish Khabarhub

आँखुखोला हाइड्रोका अध्यक्ष र २ सञ्चालकको विवरण मागेर २ महिनादेखि अध्ययन गर्दै बोर्ड


२८ पुस २०८१, आइतबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कानून विपरित सेयर कारोबार गर्ने आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष, २ सञ्चालकसहित ३ जनाको विवरण सम्बन्धित व्यक्तिसँग माग गरेको छ ।

धितोपत्र बोर्डले ५ वर्षको अवधिमा अध्यक्ष र दुई सञ्चालकसहित ३ जनाले पटक-पटक गरी ९२ हजार ८०० कित्ता सेयर कानूनविपरित बिक्री गरेका छन् । सञ्चालकमा रहेका आफ्नो स्वामित्वमा रहेको ९२ हजार ८०० कित्ता सेयर बिक्री भएको पाएपछि सेबोनले कात्तिकमा नै उनीहरुको विवरण माग गरेको बोर्डका प्रवक्ता निरन्जय घिमिरेले बताए ।

घिमिरेका अनुुसार कानून विपरित कारोबार गर्ने व्यक्तिको विवरण कात्तिकमा नै मागेर सेबोनले अध्ययन गरिरहेको छ ।

‘उक्त कम्पनीको सेयर कानून विपरित भएको गुनासो आएपछि हामीले कात्तिकमा नै सम्बन्धितसँग विवरण मागेका छौं’ उनले भने ‘विवरण आएपछि सम्बन्धित विभागले यस विषयमा थप अध्ययन गरिरहेको छ ।’ केही समयमा अध्ययन टुंगिने उनको भनाइ छ ।

कम्पनीको सञ्चालक समिति अध्यक्ष राम श्रेष्ठ र सञ्चालकद्वय रामप्रसाद सापकोटा र दिनेश प्रसाद श्रेष्ठले कानून विपरीत ९२ हजार ८०० सेयर बिक्री गरेका छन् ।

कम्पनीले २०७५ असोज २२ गतेबाट छिटोमा असार २५ गते र ढिलोमा कात्तिक ५ गतेसम्म आवेदन दिन मिल्ने गरी आईपीओ निष्कासन गरेको थियो । त्यो समयमा कम्पनीको अध्यक्ष राम श्रेष्ठ रहेका थिए । उक्त समयमा काठमाडौं महानगरपालिका २९ का श्रेष्ठसँग कम्पनीको ३५ हजार कित्ता सेयर स्वामित्व थियो ।

यस्तै २०७५ असोजसम्म उक्त कम्पनीका सञ्चालक रामप्रसाद सापकोटासँग ८३ हजार कित्ता सेयर थियो भने सञ्चालक दिनेश प्रसाद श्रेष्ठसँग ५० हजार कित्ता सेयर स्वामित्व थियो ।

करिब ६ वर्षपछि अर्थात् २०८१ साउन २७ गतेसम्म आइपुग्दा कम्पनीका अध्यक्ष राम श्रेष्ठसँग १५ हजार कित्तामात्रै सेयर बाँकी छ । उनले आफू कम्पनीको अध्यक्ष भएको समयमा आफ्नो स्वामित्वमा रहेको २० हजार कित्ता सेयर कानूनविपरित बिक्री गरेका छन् ।

कम्पनीका सञ्चालक सापकोटाले करिब ६ वर्षको अवधिमा आफ्नो स्वामित्वमा रहेको ६७ हजार ८०० कित्ता सेयर कानून विपरित बिक्री गरेका छन् । उनले कम्पनीमा सञ्चालक भएको समयमा सेयर बिक्री गरेका हुन् । अहिले उनको स्वामित्वमा १५ हजार २०० कित्तामात्रै सेयर स्वामित्व रहेको छ । सापकोटा ट्रेकिङ एजेन्सीज एसोसियसन अफ नेपाल (टान) का पूर्वउपाध्यक्ष समेत हुन् । उनी हाल अल्च्यिुट एयरका मार्केटिङ डाइरेक्टर समेत छन् ।

कुन समयमा कसले कति सेयर बेचे ?

आव २०७६/७७ मा अध्यक्ष श्रेष्ठसँग ३५ हजार, सञ्चालन सापकोटासँग ८३ हजार र अर्का सञ्चालक श्रेष्ठसँग ५० हजार कित्ता स्वामित्व थियो । आव २०७७/७८ मा आइपुग्दा अध्यक्ष श्रेष्ठले १५ हजार कित्ता सेयर बिक्री गरेर २० हजार कित्ता कायम राखेका थिए । एक वर्षको अवधिमा सञ्चालक सापकोटाले ९ हजार कित्ता सेयर बिक्री गरेर ७४ हजार कित्ता रहेको थियो । यो एक वर्षको अवधिमा अध्यक्ष श्रेष्ठ र सञ्चालक सापकोटाले मात्रै सेयर बिक्री गरेका थिए । यो उनीहरुले पहिलो पटक सेयर बिक्री गरेका हुन् ।

आर्थिक वर्ष २०७८/७९ मा भने अध्यक्षसहित २ सञ्चालकले सेयर बिक्री गरे। एकैवर्ष ३ जनाले नै आफ्नो स्वामित्व घटाए । उक्त आवको अन्तिम विवरणअनुसार अध्यक्ष श्रेष्ठले थप ५ हजार कित्ता सेयर बिक्री गरेर १५ हजार कित्तामात्रै कायम राखे ।

यस्तै सञ्चालक सापकोटाले एक आवमा ५८ हजार ८०० कित्ता सेयर बिक्री गरेर १५ हजार २०० कित्तामात्रै स्वामित्व राखे । उक्त आवमा अर्का सञ्चालक निदेश प्रसाद श्रेष्ठले ५ हजार कित्ता स्वामित्व घटाएर ४५ हजार कित्ता कायम राखे ।

अध्यक्ष श्रेष्ठ र सञ्चालक सापकोटाले ४ वर्षका कार्यकालमा २ पटक सेयर बिक्री गरेको पाइएको छ भने सञ्चालक श्रेष्ठले पहिलो कार्यकालको अन्तिम समयमा ५ हजार कित्ता सेयर बिक्री गरेर ४५ हजार कित्ता कायम राखेको तथ्यले देखाएको छ ।

सुरुमा २०७५ जेठ १३ गते चार वर्षका लागि निर्वाचित भएका उनीहरुको कार्यकाल सकिएपछि २०७९ असार १२ गते पुनः अर्को कार्यकालका लागि निर्वाचित भए । कम्पनीको सञ्चालकमा हुँदा हुँदै कानूनबिपरित सेयर बिक्री गर्ने ३ जना नै अहिले पनि कम्पनीको सञ्चालकमा कायमै छन् ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली- २०७३ र सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ ले सूचीकृत कम्पनीको सञ्चालकले पदमा बहाल रहुन्जेल तथा पदबाट हटेको एक वर्षसम्म सोही कम्पनीको सेयर खरीद बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३ को नियम ३८ १(क) मा, ‘संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संगठित संस्थाको व्यवस्थापन वा लेखा सम्बन्धी कार्यमा प्रत्यक्ष रुपले संलग्न व्यक्तिले त्यस्तो पदमा बहाल रहँदाका बखत वा त्यस्तो पदबाट अवकाश प्राप्त गरेको मितिले एक बर्षसम्म सम्बन्धित संगठित संस्था वा त्यसको सहायक कम्पनीको धितोपत्र आफ्नो वा आफ्नो परिवारको सदस्य वा अन्य कुनै व्यक्ति वा त्यस्ता व्यक्तिको नियन्त्रणमा रहेको फर्म, कम्पनी वा संस्थाको नाममा वा अन्य व्यक्तिलाई खरिद बिक्री गर्न गराउन वा हस्तान्तरण गर्न वा लेनदेन गर्न सक्नेछैन’ भन्ने व्यवस्था रहेको छ ।

यता सूचीकृत संगठित संस्थाहरुको संस्थागत सुशासन सम्बन्धी निर्देशिका-२०७४ को निर्देशन १४ को ६ मा ‘कुनै व्यक्ति सञ्चालकको पदमा बहाल रहुञ्जेल र सो पदबाट हटेको एक वर्षसम्म सोही संस्थाको कुनै पनि प्रकारको सेयर, डिबेञ्चर खरीद बिक्री गर्न पाउने छैन’ भन्ने व्यवस्था रहेको छ । नियमावली र निर्देशिकाले सञ्चालक भएको अवधि र छोडेको १ वर्षसम्म सेयर बिक्री गर्न नपाउने व्यवस्था गरेको छ ।

तर, आँखुखोलाका अध्यक्ष र सञ्चालकले कम्पनीमा सञ्चालक भएको समयमा नै सेयर बिक्री गरेका छन् । आँखुखोला जलविद्युत कम्पनीका अध्यक्ष र दुई सञ्चालकले कानून विपरित सेयर कारोबार गरेको पाइए ऐनको दफा १०१ मा भएको दण्ड सजाय को उपदफा ७ बमोजिम कारबाही हुने बोर्डले जनाएको छ ।

धितोपत्र सम्बन्धि ऐन अन्तर्गत बनेको नियम वा विनियम वा सो अन्तर्गत जारी गरिएका कुनै आदेश वा निर्देशन वा बोर्डले तोकिदिएका शर्तहरुको उल्लंघन गरेमा वा आफूले गर्नु पर्ने काम नगरेमा वा गर्न नहुने काम गरेमा त्यस्तो व्यक्तिलाई बोर्डले २५ हजार रुपैयाँदेखि ७५ हजार रुपैयाँसम्म जरिबाना गर्न सक्नेछ ।

सञ्चालक भएको समयमा सेयर बिक्री गर्ने व्यक्तिलाई ऐनको दफा १०८ अनुसार १० वर्षसम्म सूचीकृत कम्पनीको सञ्चालन बन्न नपाउने व्यवस्था छ

ऐनका दफा १०८ मा ‘कुनै संचालक, महाप्रबन्धक वा सो सरहको पद धारण गरेको कुनै व्यक्तिले दफा १०१ बमोजिमको कुनै सजाय पाएमा त्यस्तो सजाय पाएको मितिले १० वर्षको अवधि पूरा नभएसम्म त्यस्तो व्यक्ति कुनै पनि पब्लिक लिमिटेड, कम्पनी वा संस्थाको संचालक, महाप्रबन्धक वा सो सरहको पदमा बहाल हुन योग्य हुने छैन’ भन्ने व्यवस्था गरेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार ००:००  १० : १२ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping