सुकेधारमा पाँचतारे होटल मर्क्युर सञ्चालनमा, प्रधानमन्त्री ओलीले शुभारम्भ गर्दै « Eglish Khabarhub

सुकेधारमा पाँचतारे होटल मर्क्युर सञ्चालनमा, प्रधानमन्त्री ओलीले शुभारम्भ गर्दै


१ माघ २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]


काठमाडौं । सुकेधारमा फ्रान्सेली ब्राण्डको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको छ । एबी होल्डिङले निर्माण गरेको यो होटलका सञ्चालक देशबन्धु बस्नेत हुन् । बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य हुन् ।

उनले सञ्चालनमा ल्याएको होटल मंगलबार विहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले शुभारम्भ गर्ने भएका छन् । राजधानीको सुकेधारामा १०४ कोठाको पाँचतारे होटल मर्क्युर सञ्चालनमा आएको हो ।

११ तले भवनसहितको यो होटलमा करिब ३ खर्ब रुपैयाँ लगानी भएको छ । होटलले अरुभन्दा फरक प्रकारको पर्यटकीय सेवा दिनुका साथै स्तरीय सेवा सुविधामा अब्बलता प्रदर्शन गर्ने भएको छ ।

एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वक ११० वटा देशमा ५४ सय भन्दा बढी होटल सञ्चालन गरिरहेको अक्कोर ग्रुप नेपाल भित्रिएको हो ।

अक्कोर ग्रुपभित्र रहेको ४० भन्दा बढी ब्राण्डमध्ये नेपालमा भित्रिएको मर्क्युर एउटा होटल ब्राण्ड हो ।

बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिमार्फत नेपाल भित्र्याएको अक्कोरले ग्रुप अन्तर्गतको मर्क्युर ब्राण्डले पनि ६० भन्दा बढी देशमा ८१० वटा भन्दा बढी होटल सञ्चालन गरिसकेको छ ।

स्थानीय कला संस्कृति र परम्पराको प्रभावलाई आधुनिक डिजाइन र सेवासँग जोडेर दिइने आतिथ्यताको सेवा नै यो होटलको विशेषता हो । यसको सबै ब्राण्डको सेवामा एकरुपता दिनु र स्तरीय पर्यटीय सेवा दिने भएको छ ।

होटलले पूर्वाधारमात्रै नभएर सुकेधारको होटल परिसरमा हरियाली निर्माणसँगै सडक पूर्वाधारमा पनि योगदान गरेको छ । यो होटलले सार्वजनिक सेवासँगै ७० लाख रुपैयाँभन्दा बढी खर्चिएर १४० मिटर सडकसमेत निर्माण गरेको छ ।

पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलमा ११ तले छ । होटलको टफ फ्लोमा स्वीमिङ पुल, होटलमा नेपाली, इण्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्याक्वेट, आधुनिक जिम, स्टीम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा छन् । होटलले हाल २२० जनालाई रोजगारी दिएको छ ।

नेपालमा सेवा सुभारम्भ गरेको मर्क्युर होटलमा एउटा एक्जुकेटिभ स्वीट, ७ वटा जुनियर स्वीट, इन्टर कनेक्टिङका स्याण्डर्ड रुमसहितका सुविधासम्मन्न कोठाहरु छन् ।

यो होटल सञ्चालसँगै वर्गीकरणपछि पाँच तारे स्तरको हुने दाबी होटलको छ । होटलले पर्यटन मन्त्रालय अन्तर्गतको पर्यटन विभागसमक्ष स्तर वर्गीकरणको लागि आवेदन दिएको छ ।

यो होटलमा भएको सेवा सुविधा र क्षमता तथा न्यूनतम सबै मापदण्ड पूरा गरेका कारण यो होटल पाँचतारे स्तर वर्गीकरण हुने उल्लेख छ ।

यो होटलका सञ्चालक देश बन्धु बस्नेतले मर्क्युर काठमाडौं होटलका दूरदर्शी लक्ष्यका साथ सञ्चालनमा ल्याएका हुन् । उनले इटहरिमा पनि अर्को एक पाँचतारे स्तरकै होटल सञ्चालनको तयारी गरेका छन ।

बस्नेत नेपालको एक गतिशील युवा व्यवसायिक नेता हुन्। बस्नेत नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारी सदस्यमा छन् । उनी महासंघको हवाई तथा यातायात समितिका अध्यक्षमा बसेर काम गरिरहेका छन । उनी जाम्बियाको मानार्थ कन्सुलर समेत हुन ।

बस्तेत एबी होल्डिङका अध्यक्ष हुन् । एबी होल्डिङ एक ठूलो व्यवसायिक समूह । एबी परियोजना विकास र इक्विटी लगानीमा संलग्न कम्पनी हो ।

प्रकाशित मिति : १ माघ २०८१, मंगलबार ००:००  १२ : २४ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping