अर्घाखाँची सिमेन्टको भेला पश्चिमाञ्चलमा, तिब्र बजारीकरण अबको लक्ष्य « Eglish Khabarhub

अर्घाखाँची सिमेन्टको भेला पश्चिमाञ्चलमा, तिब्र बजारीकरण अबको लक्ष्य




उच्च स्तरको जर्मन प्रविधि सहित उत्पादन भइरहेको अर्घाखाँची ओपीसी सिमेन्टले पौष २० गते बागलुङ्ग, पर्वत, म्याग्दीका इन्जिनियरर्स, अधिकृत विक्रेता तथा निर्माण ब्यवसायीेसँग विशेष भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त कार्यक्रममा कम्पनीका एरिया सेल्स मेनेजर दीपेश श्रेष्ठले सबैलाई स्वागत गर्दै अर्घाखाँची सिमेन्टले नेपालमा उच्च स्तरको क्लिंकर उत्पादन गर्दै आएको र आफ्ना उत्पादन गुणस्तरीय रहेको बताएका थिए ।

कार्यक्रममा कम्पनीका इन्जिनियर विकास भट्टराइले सहभागी सबैलाई अर्घाखाँची सिमेन्टको गुणस्तर र उत्पादन प्रक्रियाको विषयमा जानकारी गराउनु साथै अर्घाखाँची सिमेन्ट नेपालमा उत्पादन हुने ओपीसी सिमेन्ट मध्येकै उच्च कम्प्रेसिभ स्ट्रेन्थ सिमेन्ट भएको दावी गरेका थिए ।

उक्त विषेश भेटघाट कार्यक्रममा सहभागी सबैजनालाई कम्पनीका सिनियर सेल्स एण्ड मार्केटिङ् मेनेजर रमेश थापाले आगामी दिनमा अर्घाखाँची सिमेन्टकोे बजारीकरण तीब्र रुपमा अगड़ी बढाउने बताए ।

Publish on: