काठमाडौं । कम्पनीहरुको वित्तीय विवरणको बारेमा विश्लेषण गर्ने इक्रा नेपालले धमाधम उनीहरुको अवस्था आम नागरिक र उपभोक्ता तथा लगानीकर्तालाई जानकारी गराइरहेको छ ।
हामी केही उदाहरण प्रस्तुत गर्छौ ।
स्यामलिङ पावर कम्पनीलाई इक्रा नेपालले वित्तीय अवस्था कमजोर रहेको भन्दै ग्रेड ४ दिएको छ । यस्तै इस्टर्न हाइड्रो पावर कम्पनीलाई पनि इक्राले वित्तीय रुपमा कमजोर रहेको भन्दै ग्रेड ५ दिएको छ ।
यस्तै चिरुखा खोला हाइड्रो पावरले एलबी रेटिङ पाएको छ । माया खोला हाइड्रो पावर कम्पनीले पनि वित्तीय अवस्था कमजोर भएको भन्दै एलबिबि पाएको छ ।
भैरवकुण्ड हाइड्रोपावर कम्पनीले इक्रा नेपालको रेटिङमा वित्तीय रुपमा कजमोर रहेको भन्दै ग्रेड ५ पाएको छ । यस्तै युनिक हाइड्रो प्रालिले पनि वित्तीय रुपमा कमजोर रहेको भन्दै ग्रेड ५ पाएको छ ।
रुरु जलविद्युत् परियोजना लिमिटेडले पनि वित्तीय रुपमा कमजोर रहेको भन्दै ग्रेड ४ पाएको छ । शुभम् पावर लिमिटेडको पनि वित्तीय अवस्था कमजोर रहेको भन्दै ग्रेड ५ पाएको छ ।
यस्तै घलेम्दी हाइड्रो पावरले पनि वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड ५ दिएको छ ।
यी केही पछिल्ला उदाहरण हुन् ।
सर्वसाधारणका लागि सेयर बिक्री गर्ने तयारी गरेका र सेयर समेत बिक्री गरिसकेका कम्पनीको वित्तीय अवस्था कस्तो छ भनेर गरिएको विश्लेषण हो यो ।
तर नेपाल धितोपत्र बोर्डले कमजोर रेटिङ भएका कम्पनीलाई पनि सर्वसधारणलाई साधारण सेयर बिक्रीको लागि अनुमति दिएको छ ।
केही समय पहिले कमजोर रेटिङ भएका कम्पनीलाई साधारण सेयर बिक्री गर्न स्वीकृति नदिने भनेर घोषणा गरेको बोर्डले धमाधम सेयर बिक्रीको अनुमति दिएको हो ।
विशेषगरी बोर्डले साधारण सेयर बिक्रीको अनुमति दिएका अधिकाशं कम्पनीको पे ब्याक पिरियड न्यूनतम ८ वर्ष र अधिकतम १० वर्ष भन्दा कम कुनै पनि कम्पनीको रहेको छैन ।
कमजोर कम्पनीको सेयरमा लगानी गर्नु भनेको लगानीकर्ता सोझै डुब्नु हो । यो तथ्य जान्दा जान्दै पनि पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्डले किन धमाधम साधारण सेयर बिक्रीको अनुमति दिएको ?
बजार शास्त्रले पनि नाफा हुने कम्पनीमा मात्रै लगानी गर्न सल्लाह दिन्छ । तर बोर्डले बजार शास्त्रको सामान्य सिद्धान्त्लाई समेत अवलम्बन गरेको छैन ।
विशेषगरी पछिल्लो दिनमा सेयर बजारमा जलविद्युत् कम्पनीको अवस्था एकदमै खराब हुन पुगेको छ ।
धेरै सेयर भएको भनिएको माथिल्लो तामाकोशी जलविद्युत् कम्पनीको समेत सेयरले केही दिन बजारमा तामझाम गरेपनि अन्ततः सो कम्पनी पनि त्यत्तिकै सेलाएको छ ।
पछिल्लो दिनमा साधारण सेयर बिक्री गरेको जोशी हाइड्रो पावर, घलेम्दी हाइड्रो पावर, कालिका हाइड्रो पावर लगायत अधिकाशं कम्पनीको वित्तीय अवस्था कमजोर र खराब रहेको छ ।
वित्तीय अवस्था कमजोर छ भन्ने जाँदा जाँदै पनि लगानीकर्ता डुब्छन् भन्ने मान्दा मान्दै पनि बोर्डले स्वीकृति दिएको छ ।
तर बोर्डका अधिकारी भने कमजोर कम्पनीले पनि कागजात पुर्याएका कारण स्वीकृति दिएको बताउँछन् ।
SHARE YOUR THOUGHTS