काठमाडौं । अर्थ सचिव डा. राजन खनालले बैकहरु मर्जरमा जान आवश्यक रहेको बताएका छन् ।
बुधबार चेम्बर अफ कमर्समा आयोजित छलफल कार्यक्रममा बोल्दै उनले बैंकको संख्या धेरै भएकाले मर्जरमा जानुको विकल्प नभएको बताए ।
उनले भने, ‘बैंक धेरै भएर मर्जर हुन लागेकाे हाे । बैंकको संख्या धेरै हुँदा धेरैकाे सिसिडि हुँदा धेरै पैसा फ्रिज हुन्छ, बैक कम भए थाेरै मात्रै रहन्छ, मर्ज भएभने बैक ठूलो क्षमताका बन्छन्।’
सचिवले बैंक ठूलाे भएकाे खन्डमा विदेशबाट धेरै पैसा ल्याउन सकिने बताए ।
उनले बाहिरकाे लगानी अायाे भने बैकमा लगानीयोग्य रकमकाे पनि अभाव कम हुने बताए ।
SHARE YOUR THOUGHTS