काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले सर्वोच्च अदालतको अन्तरिम आदेशमा सार्वजनिक रुपमा असन्तुष्टी जनाएका छन् ।
नेशनल बैंकिङ इन्स्च्यिुटले आयोजना गरेको सञ्चालक सम्मेलनको उद्घाटन गर्दै गभर्नर नेपालले जनताको निक्षेप लिएर सञ्चालकले आफूखुसी बैंक चलाउन नपाइने बताए ।
राष्ट्र बैंकलाई अदालतको फेरि अर्को झड्का, सञ्चालकको उमेर तोक्ने निर्देशिका कार्यान्वयन नगर्न आदेश
उनले आफू गभर्नर भएर आउँदा कतिपय बैंक सञ्चालक ल्याप्चे रहेको भन्दै गभर्नर नेपालले आफ्नो पारिवारिक व्यवसाय त अर्को पुस्तामा हस्तान्तरण हुने बेलामा बृद्ध उमेरसम्म बैंकमा सञ्चालक नबन्न सुझाव दिए ।
राष्ट्र बैंकको निर्देशिका अदालतले उल्ट्यायो, भन्यो- नारायणदास मानन्धरलाई काम गर्न दिनू
राष्ट्र बैंकले निर्देशिकामार्फत बैंक सञ्चालक र प्रमुख कार्यकारी अधिकृतको उमेर हद तोकेको थियो । राष्ट्र बैंकको निर्णयलाई सर्वोच्चले उल्टाइदिएको छ ।
उनले जनताको पैसामा ९०/९५ वर्षसम्म पद ओगटेर ह्लिचियरमा बसेर बैंक सञ्चालन गर्न खोज्न नहुने बताए ।
गभर्नर नेपालले रास्ट बैकले दिएको निर्देशन उल्टाउन १० वटा सचालक तथा सिइओहरु १० ठाँउमा कुदेर हारगुहार गर्दा देशको केन्द्रीय बैंकको निर्देशन फितलो बनाएको बताउँदै बैंकर र सञ्चालकसँग असन्तुष्टी जनाए ।
SHARE YOUR THOUGHTS