राष्ट्र बैंकले साढे ८ अर्बको ट्रेजरी बिल निष्काशन गर्दै « Eglish Khabarhub

राष्ट्र बैंकले साढे ८ अर्बको ट्रेजरी बिल निष्काशन गर्दै




काठमाडौं । नेपाल राष्ट्र बैंकले ८ अर्ब ६५ करोड ५० लाख रुपैयाँ बराबरको ट्रेजरी बिल निष्काशन गर्ने भएको छ ।

बैंकले भदौ १६ गते ट्रेजरी बिल बोलकबोलबाट बिक्री गर्नका लागि शिलबन्दी बोलपत्र आव्हान गरेको हो ।

केन्द्रीय बैंकले १ सय ८२ दिनका लागि ट्रेजरी बिल बिक्री गर्ने लागेको हो । ट्रेजरी बिल बैंकले सोमबार दिउँसो ३ बजेसम्म अनलाइन विडिङ प्रणालीमार्फत बोलकबोल गर्न सकिने जानकारी दिएको छ ।

बैंकले आइतबार एक सूचना जारी गर्दै उक्त परिमाणको बिल खरिदका लागि बोलकबोल प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

ट्रेजरी बिल नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था, गैरबैंक वित्तीय संस्था, संगठित संस्थाका साथै सर्वसाधारण नेपाल नागरिक ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

Publish on: