सर्लाही । लालबन्दीमा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले साउन महिनामा मात्रै १४ करोडभन्दा बढीको तरकारी निकासी गरेको छ । लालबन्दी नगरपालिका–७ मा रहेको कृषि थोक बजार व्यवस्थापन समितिले चालु आव २०८०/८१ को पहिलो महिनामा १४ करोड ३९ लाख ६१ हजार ६ सय ५० रुपैयाँ बराबरको तरकारी निकासी गरेको समितिका व्यवस्थापक शम्भुप्रसाद घिमिरेले जानकारी दिए…