काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) की सांसद विद्या भट्टराईले नेपाल संस्कृत विश्वविद्यालय र सुदूरपश्चिम विश्वविद्यालयमा लगाइएको तालाबन्दी तत्काल हटाउन सरकारसँग माग गरेकी छन् । प्रतिनिधि सभा बैठकको शुन्य समयमा उनले बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल आफैं जिम्मेवार नभएका कारण ती दुवै विश्वविद्यालयमा निरन्तर रुपमा तालाबन्दी लगाउने काम भएकाले त्यसलाई हटाउन सरकारले ढिलाइ गर्न नहुने…