काठमाडौं । उर्जा, जल स्रोत तथा सिँचाइ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटका लागि १ खर्ब १० अर्ब रुपैयाँको बजेट सिलिङ पाएको छ । राष्ट्रिय योजना आयोगले २०७८/७९ को बजेटमा उक्त सिलिङभित्र रहेर कार्यक्रमहरु तयार पार्न सिलिङ तोकेको हो । नयाँ बजेटका लागि मन्त्रालयले पाएको बजेटको सिलिङ चालु आर्थिक वर्षको बजेटभन्दा १० प्रतिशत बढी हो ।…