प्राधिकरणका निवर्तमान प्रमुख काफ्ले भन्छन्,–कुलमानसँग खुल्ला मञ्चमा भिँड्न तयार छु

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक मुकेशराज काफ्लेले प्राधिकरणको अहिलेको नेतृत्व (कुलमान घिसिङ) सँग खुल्ला मञ्चमा भिँड्न तयार रहेको बताएका छन् । प्राधिकरण नेतृत्वले केही हप्तादेखि आफुविरुद्ध नियोजित रुपमा भ्रामक सूचनाहरु सार्वजानिक गरिरहेको दाबी गर्दै काफ्लेले उनले आफू आम जनता, प्राधिकरण र उर्जा मन्त्रालयका सम्पूर्ण कर्मचारीहरु र विज्ञहरुसहित राखेर अहिलेको प्राधिकरण नेतृत्वसँग खुल्ला…