काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कृष्ण बहादुर अधिकारी नियुक्त भएका छन् । साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले अधिकारीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको छ । अधिकारीले भदौ २ गते देखि कार्यभार सम्हाल्ने बताइएको छ ।