काठमाडौं । सहकारी संस्थाहरुको अपचलन भएको रकमको बिषयमा छानविन गर्न गठन भएको संसदीय छानबिन विशेष समितिले आफ्नो काम सुरु गरेको छ । अनुसन्धान गर्नको लागि गठित समितिले काम थाल्न आवश्यक तयारीमा जुटेको हो । कार्यदलका सदस्य तथा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले प्रतिनिधिसभाले दिएको समयसीमाभित्रै समितिले काम थाल्ने जानकारी दिए । दाहालले भने, ‘समितिका सभापतिसँग…