काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत सप्तरीको राजविराजस्थित महादेवा गाउँपालिकाको चिमटी टोलका ४६ वटा अग्नि पीडित परिवारहरुलाई राहत स्वरुप खाद्यान्न सामग्री लगायत लत्ता कपडाहरू वितरण गरेको छ । गत वैशाख १८ गते भएको आगलागीबाट ती परिवारका घर तथा चौपायाहरु जलेर नष्ट भएका थिए । घर जलेर घरबारविहीन भएका परिवारहरुलाई…