काठमाडौं । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालाई सरकारले समस्याग्रस्त घोषणा गरेको छ। भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रिस्तरीय निर्णयबाट सहकारीलाई आज समस्याग्रस्त घोषणा गरेको हो । मन्त्रालयका अनुसार सहकारी विभागले संस्थालाई समस्याग्रस्त घोषणा गर्न सिफारिस गरेको थियो । विभागले गरेको सिफारिस अनुसार समस्याग्रस्त घोषणा गरेको जनाइएको छ । सहकारी ऐन, नियम, मूल्य, मान्यताको…