सिन्धु विकास बैंकले बनायो सेयरधनीको हात खाली

काठमाडौं । सिन्धु विकास बैंकले यो पटक सेयरधनीको हात खाली बनाएको छ । बैंकले आर्थिक वर्ष २०७९/८० को नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । आइतबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो ।