काठमाडौं । पर्यटनमन्त्री योगेश भट्टराईले नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीलाई नेपाल भ्रमण वर्ष २०२० को लोगो ट्विटरमा राखिदिन आग्रह गरेका छन् । नेपाल भ्रमण वर्ष सफल बनाउनका लागि सामाजिक सञ्जाल महत्वपूर्ण हुने र त्यसमा पनि रादजूतहरुको भूमिका महत्वपूर्ण हुने भन्दै बुधबारको भेटमा उनले यस्तो आग्रह गरेका हुन । बुधबार अमेरिका, यूरोपियन यूनियन, बेलायत, जापान…