पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (अडियो) « Eglish Khabarhub

पोखरामा यतिको विमान दुर्घटना: पाइलट र कोपाइलटबीच ककपिटमा भएको कुराकानी (अडियो)


१५ श्रावण २०८१, मंगलबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । २०७९ माघ १ गते पोखरामा भएको यति एयरलाइन्सको विमान दुर्घटना अघिको ककपिट भ्वाइस रेकडर्स (सीभीआरए) सार्वजनिक भएको छ ।

यती एयरलाइन्सको एटीआर ७२ ९एन–एनएनसी जहाज दुर्घटनामा परि ७२ जनाको निधन भएको थियो।

काठमाडौंबाट १० बजेर ३२ मिनेटमा उडेको विमान १०:५० मिनेटमा अन्तिम पटक टावरसँग सम्पर्कमा आएपछि दुर्घटनामा परेको थियो ।

उक्त एटीआर जहाज पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए ।

जहाज उडाएका पाइलट केसी प्रशिक्षक पाइलट थिए भने उनले २० वर्षभन्दा बढी समयदेखि जहाज उडाउँदै आएका थिए ।

सार्वजनिक भएको ककपिट भ्वाइस रेकडर्स सीभीआरएको अडियो अनुसार कोपाइलट खतिवडालाई पाइलट केसीले विमान अवतरणअघि प्रशिक्षण दिइरहेको सुन्न सकिन्छ । ग्राउण्ड जिरो युट्युब च्यानलले सार्वजनिक गरेको ककपिट भ्याइस रेकर्डमा पाइलट र को पाइलटबीच दुर्घटनाअघिको कुराकानी सुन्न सकिन्छ ।

चालक दलको कमजोरी: अध्ययन प्रतिवेदन

विमान दुर्घटनापछि सरकारले जाँचबुझ आयोग गठन गरेको थियो । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरे संयोजकत्वको जाँचबुझ आयोगले करिब ९ महिना लगाएर प्रतिवेदन तयार गरेको थियो

उक्त प्रतिवेदनमा जहाजको दुर्घटनामा चालक दलको कमजोरी रहेको निष्कर्ष निकालिएको थियो ।

प्रतिवेदनमा चालकको त्रुटि नै दुर्घटनाको ‘मुख्य सम्भावित कारण हुन सक्ने उल्लेख गरिएको हो।

विमान उडाइरहेका पाइलटले त्रुटिपूर्ण रूपमा दुवै ‘कन्डिशन लिभर’ तान्दा इन्जिन बन्द भई दुर्घटना निम्तिएको हुन सक्ने प्रतिवदेनमा उल्लेख गरेको छ ।

पाइलट र को पाइलटबीचको कुराकानीमा पनि मौसममा कुनै समस्या नभएको सुन्न सकिन्छ ।

जहाज चलाइरहेको को-पाइलटले ‘फ्ल्याप-३०’ भन्दा ‘इन्स्ट्रक्टर पाइलट’ले दुवै कन्डिशन लिभरहरू तानेको हुन सक्ने सम्भावित कारण देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यसरी पाइलटले दुवै कन्डिशन लिभरहरू तानेपछि जहाज ‘फेदर पोजिशन’मा गएको र अगाडि बढ्न नसकेको कारण खसेर दुर्घटना भएको हुन सक्ने आयोगको प्रतिवेदनमा उल्लेख छ।

चालकले झुक्किएर ‘कन्डिशन लिभर’हरू तानेको हुन सक्ने सम्भावना देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

दुर्घटनाअघि पाइलट कमल केसी र कोपाइलट अन्जु खतिवडाबीच भएको कुराकानी

पाइलट: अहिले हामी वान जिरो डेभिड सिक्स फाइभ । अहिले फाइभ थ्री भएपनि टेरेन (डाँडा) आउँदैन रछ । हामी सिक्स फाइभ धेरै माथि पो रहेछौं त पहिला । अब हेयरिङ मोड तिर जाऔं अलिक राइट तिर बस यसले ठिक लादैन राइट हेरियङ थीवानजिरो हेयरिङ ।

कोपाइलट: हजुर ।

पाइलट: वानवानफाइभ छ । त्यहाँ त्यसमा चाँही बल्ल सेटल हुन्छ रनवे वानटु जिरो चाँही वानवानफाइभमा सेटल हुन्छ ।

कोपाइलट: ए..ए..

पाइलट: झर्दै जाउँ फोरवान सम्म झरेहुन्छ । अनि पहिला पुरानो पासमा पार है सानो ठाउँमा ।

कोपाइलट: ए.. हुन्छ हुन्छ ।

पाइलट: तिमी जेट स्ट्रिममा हुँदा त गरेको हो त सबै ।

कोपाइलट: हो हो.. गरेको हो ।

पाइलट: त्यो पासमा थ्री थाउजेण्ड फाइभ हन्ड्रेजजति झर्ने फ्लाप्ससहित लिएर है । उ त्याँ रनवे भिजुवल छ । अझै राइटमा बस राइट ह्या्ड डाउन, ए लेफ्ट ह्याण्ड डाउन ।

पाइलट: पुरानो एयरपोर्टमा बेस बनाउ है ।

कोपाइलट: बेस बनाउनु परो ?

पाइलट: हजुर, टु टुलाई बेस बनाएर भीओआर हेर ।

कोपाइलट: अँ । भिजुअल..

पाइलट: त्यसपछि कन्टिन्यू टर्नको टर्न नै गर है ।

पाइलट: फोर फाइभ, १७० स्पिड ठिकै छ ।

कोपाइलट: हजुर ।

पाइलट: अ ठ्याक्क त्यो डाँडामा ।

कोपाइलट: ओके ।

पाइलट: धेरै जनालाई गराइसकेँ । कम्फर्टेबल नै छ त्यस्तो अनकम्फर्टेबल छैन । बिहान मात्र हो अर्लि मर्निङमा चाँही डाइरेक्ट आँखामा घाम आउँछ अनि मिस्ट (तुँवालो) हुन्छ । त्यतिले मात्र हो ।

कोपाइलट: अब यो ५ माइल्स बाट चाँही झर्ने । होइन त अब ?

पाइलट: ओके । डाउन टू थ्री थाउजेन्ड । फाइनलमा चाहीँ थ्री थाउजेन्डमा ठिक्क हुन्छ ।

(टावरसँग पाइलटले विमान अवतरणका लागि सम्पर्क गर्छन्)

पाइलटः पोखरा एति एयरलाइन्स सिक्सनाइनवान । ड्राइभिङ लेफ्ट एन्ड डाउन फर रन वे वानटु ।

(ल्यान्डिङ गर्न अनुमति प्राप्त भएको अस्पष्ट कुराकानी)

पाइलट: त्यो दुईवटा डाँडाको बीचमा ल्याउँ है । थ्री फाइभ मात्र र धेरै तल पनि नजाउ । धेरै टेरेन आएको आइगर्छ । त्यो रेडियो नेपालको टावर याद गरेको थिएन होला उ त्यो चाँही हो त्यो ठूलो । डाँडाको अलि यता । धेरै लङ बनाउन खोज्यौं भने त्यो टावर तिर पुग्छ नि फेरि । त्यता जानु हुँदैन ।

पाइलट: ओके अब डाउन ।

कोपाइलट: अब म्यानुअल लिने हो सर ?

पाइलट: ए पर्दैन । एकछिन ठिकै छ । सिधा गइन्जेल पर्दैन । त्यसपछि लास्टमा चाँही म्यानुअल ।

केही सेकेन्डपछि ।

पाइलट: ल अब यहाँबाट चाँही म्यानुअल लिए हुन्छ ।

(ककपिटमा टुँ…टुँ.. आवाज आउँछ ।)

कोपाइलट: ओके ।

पाइलट: फ्ल्यास लिभर वान फिफ्टी । फ्लाप्स थर्टी झर्दै जाउँ है ।

पाइलट: रेडि फर ल्यान्डिङ । ल्यान्डिङ गियर…
कोपाइलटः डाउन ।

पाइलटः फ्लाप्स
कोपाइलटः थर्टी ।

पाइलट: ट्रान्समिसन
कोपाइलट: टेकअफ

(अस्पष्ट निर्देशन र जवाफ)

पाइटलः एक्सटर्नल लाइट ।
कोपाइलटः अन ।

कोपाइलटः के आयो ?

पाइटलः हेर ।

कोपाइलटः एयर लिफ्ट भनेर आइरहेको छ ।

(ककपिटमा जहाजको उचाइ संकेत ध्वनी बज्छ ।)

कोपाइटलः कन्टिन्यु टर्न होइन ?
पाइटलः हो ।

पाइलट: यो नयाँ एयरपोर्ट पट्टी अलिक तलै ।
कोपाइलट: तलै जानु परो ?

पाइलट: होइन होइन तल होइन । यो यत्तिकै ठिक छ पावर हाल है ।

कोपाइलट (आत्तिँदै): पावरै आएन । (झन् डराउँदै) पावरै आएन त ।

(रनवे वानटुमा ल्यान्ड गर्न एटीसीको संकेत)

पाइलट: पावर.. अगाडि हाल्नु परो नि !
कोपाइलट (डराउँदै):आएन सर, टर्क नै आएन के सर ।

पाइलट: यता जाउ त ।

कोपाइलटः यो डुअल ल्यान्डिङ है सर ।
पाइलटः हँ ।
कोपाइलटः टर्क नै आएन के सर । यो आउनुपर्ने नि त टर्क यतातिर के सर । ओके..

पाइलट: के भयो ?

(जहाजमा खतराको संकेत टुँ..टुँ..टुँ..टुँ… आवाज आउँछ)
आssss (कोपाइलट चिच्याएको आवाज आउँछ)

त्यसपछि बिमान सेती नदी खोँचको डिलमा बजारिन पुग्छ ।

अडियो स्रोत: GROUND ZERO

विमानस्थलभित्रै आयल निगमले थापेको पासोः जोखिमयुक्त ‘डिपो’ सार्न अटेरी, दुर्घटना भए कति क्षति हुन्छ ?

सौर्य एयर दुर्घटना: नियामकको लापरवाहीले समयमै उद्धार नहुँदा एयरपोर्टभित्रै मृत्यु, प्राधिकरण नेतृत्वको ध्यान अन्तै

सौर्यको जहाज दुर्घटनाबारे विज्ञ: सार्प टर्न किन गरियो शंका छ, ब्ल्याक बक्स हेरेपछि यकिन हुन्छ

विमान दुर्घटनाको जाँचबुझ गर्न सुमनको नेतृत्वमा ५ सदस्यीय आयोग गठन

भोलि राष्ट्रिय झण्डा आधा झुकाउने सरकारको निर्णय

विमानको आगो निभाउन पानीको सट्टा ‘फोम टेण्डर’ दमकलको प्रयोग, कसरी गर्छ काम ?

विमान ठोकिएको कन्टेनर भित्रबाट पाइलटलाई गरिएको थियो उद्धार, यस्तो थियो अवस्था

१५ वर्ष विदेशमा उडेको सौर्यको जहाज ६ वर्षअघि ल्याइएको थियो नेपाल, मर्मतअघि १२१ घण्टा मिल्थ्यो उड्न

सौर्यको विमान दुर्घटनाः उच्च व्यवस्थापन समूहका ४ जनाको मृत्यु

९ वर्षमा ९ वटा हवाइ दुर्घटना: कहिले कहाँ कति क्षति भयो ?

५० तस्बिरमा हेर्नुस्, एयरपोर्टभित्रै दुर्घटनामा परेको सौर्य एयरको विमान

ऊर्जा मन्त्रालयमा करारकी कर्मचारी थिइन् प्रिजा, ४ वर्षिय छोरो र श्रीमानसहित दुर्घटनामा मृत्यु

कस्तो छ १८ जनाको ज्यान जाँदा बचेका पाइलट शाक्यको स्वास्थ्य अवस्था ?

उड्नासाथ यसरी दुर्घटनामा परेको थियो सौर्य एयरको विमान (भिडियो)

एयरपोर्टबाट गृहमन्त्रीले भनेः विमान उड्नासाथ दाहिनेपट्टि धेरै मोडिएर कन्टेनरलाई हिर्कायो (अडियो)

दुर्घटनाग्रस्त विमानमा थिए सौर्य एयरलाइन्सकै १७ कर्मचारी (सूचीसहित)

१९ जना इन्जिनियर र कर्मचारी लिएर पोखरा जाँदै थियो सौर्य एयरको विमान (भिडियो)

प्रकाशित मिति : १५ श्रावण २०८१, मंगलबार ००:००  १२ : २० बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping