क्रिकेटको फ्रेन्चाइज लिग एनपीएलः निरन्तरताको सम्भावनामा लगानीकर्ता कति आशावादी ? « Eglish Khabarhub

क्रिकेटको फ्रेन्चाइज लिग एनपीएलः निरन्तरताको सम्भावनामा लगानीकर्ता कति आशावादी ?


१९ पुस २०८१, शुक्रबार ००:००  

पढ्न लाग्ने समय :[rt_reading_time] मिनेट


0
Shares
  • change font
  • change font
  • change font
  • [simplicity-save-for-later]

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पछिल्लो समय एउटा ठूलो प्रतियोगिता सम्पन्न गर्‍यो । लामो समयदेखि फ्रेन्चाइज लिगलाई बलियो ढंगलो अघि बढाउने क्यानको निर्णय सफल पनि भयो ।

प्रतियोगिताको सफलताले अहिले क्यानको यो लिगले कति निरन्तरता पाउला भन्ने विषय छलफलमा उठ्ने गरेको छ ।

आठ फ्रेन्चाइजी क्लबले करोडौं लगानीमा गरेर लिगका क्लब किनेका छन् ।

प्रतियोगिताको पहिलो दिनदेखि नै एनपीएलमा रोचकता पायो । उसोता क्यानले यो प्रयास दुई वर्षअघि नगरेको होइन । दुई वर्षअघि क्याने फ्रेन्चाइज लिग गर्न भारतको सेभेन थ्री स्पोर्टसलाई दिएको थियो । एक वर्ष राम्रोसँग नचल्दै लिग ठप्प भयो ।

नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउन क्रिकेट लिगको आयोजना गरेको भन्दै क्यानले नेपाल टी–ट्वान्टी लिगको घोषणा गरेको थियो । एक सिजन मात्र टिकेको लिग‍ अर्को सिजन कसरी चल्छ भन्ने विषय अहिलेको महत्वपूर्ण विषय बनेको हो ।

फ्रेन्चाइजीहरु भने लिग लामो समय टिक्ने बताउँछन् । एनपीएलको दोस्रो महँगो टोली काठमाडौं गुर्खाज अर्को सिजनका लागि पनि आफूहरु उत्साहित भएको बताउँछ ।

प्रतियोगिताको प्लेअफमा पुग्न नसकोको काडमाडौं लिगको निरन्तरताको विषय भन्दा पनि अर्को सिजनको तयारीलाई आफूहरुले लिएको प्रमुख कार्यकारी निर्देशक सन्देश कटवालले बताए ।

‘लिगको निरन्तरताको विषयमा हामी ढुक्क छौं । क्यानले नै आयोजना गरेको प्रतियोगिता भएकाले यसले केही राम्रो रुप लिनेछ । पहिलो वर्षको चार्म देखेर पनि लगानीकर्तालाई हौसला मिलेको छ,’ कटवालले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

अहिले एनपीएलका टोलीले १० वर्षसम्मका लागि क्यानसँग फ्रेन्चाइजीका लागि सम्झौता गरेका छन् । तर, टिमहरु अबको दुई सिजनभित्र सबै लगानी उठाउने योजनामा छन् । यो सिजन सबै टोलीले फ्रेन्चाइजी किन्ने समयदेखि विदेशी खेलाडी र नेपाली खेलाडीको लागि धेरै लगानी गरेका थिए ।

‘दश वर्षका लागि हामीले फ्रेन्चाइजी लिएका हौं । प्रतियोगिताको दिगोपन पहिलो सिजनले नै दखायो । हामी यसको लगानी उठ्ने कुरामा पनि ढुक्क छौं,’ उनले भने,’ अर्को सिजनका लागि तयारी गर्ने मौका मिल्यो भने झनै प्रतियोगिता सफल हुनेछ ।’

नेपालमा फ्रेन्चाइजको लहर आएको लामो समय भएको छैन । खेलकुदमा लगानी गर्न हिचकिचाउने व्यावसायीक घराना पनि अहिले एनपीएलको चर्चापछि ढुक्कसँग लगानी गर्न थालेका छन् । अझ प्रतियोगिताको उपाधि जित्ने टोलीले त डोमेस्टिक अक्सनमा भएको खर्च पनि उठाउन सफल भयो ।

प्रतियोगिताको उपाधि जितेको टोली जनकपुर बोल्ट्स अर्को वर्षका लागि अहिलेदेखि तयारीमा छ । पहिलो सिजनमा समर्थकबाट पाएको मायाले टिमका लगानीकर्ता देखि स्पोन्सरहरु पनि अर्को सिजन लगानी गर्ने कुरामा सकारात्मक देखिन्छन् ।

जनकपुरका अपरेशन हेड निरोज खतिवडाले आफूहरु अर्को महिनादेखि अघिल्लो सिजनको तयारीमा लाग्ने बताए । यता स्पोन्सरको हकमा पनि जनकपुरसँग जोडिन बिभिन्न ब्यापारिक घरानाहरु अहिलेदेखि सम्पर्कमा आइरहेको उनले बताए ।

‘हामी अर्को वर्षको प्रतियोगिताका लागि एक महिनापछि लाग्नेछौं । प्रतियोगितामा हामीले जति सफलता र मया पायौं । यो आफ्नो पनले गर्दा नै अर्को वर्षका लागि स्पोन्सर र लगानीकर्ता उत्साहित छन्,’ खतिवडाले क्लिकमान्डुसँगको कुराकानीमा भने।

जनकपुर च्याम्पियन बन्दा पुरस्कारबापत १ करोड १० लाख रुपैयाँ पाएको थियो । यो सिजन टिमले डोमेस्टिक अक्सनमा मात्र १ करोड खर्च गरको थियो । समग्र प्रतियोगितामा भने टिमले १० करोड खर्च गरेको जनाएको छ ।

यो सिजन टिमसँग जोडिएका स्पोन्सरहरु अर्को वर्ष पनि जोडिने कुरामा जनकपुर ढुक्क छ । झनै ट्रफी टूरमा पाएको माया र प्रतियोगितामा टिमको देखिएको चार्म देखेर नयाँ स्पोन्सर पनि आएका छन् । क्यानले नै प्रतियोगिता आयोजना गरेको र स्पोन्सरको माया देख्दा जनकपुर यो लिग दिगो हुने कुरामा ढुक्क छ ।

‘लिगको दिगोपन हुने विषयमा हाम्रो दुई मत छैन । समर्थक र स्पोन्सरको यो मायाले प्रतियोगिता लामो समयसम्म चल्छ भन्न सकिन्छ,’ खतिवडाले भने, ‘अझ क्यानले नै आयोजना गरेको प्रतियोगिता भएकाले हामी ढुक्क छौं । लिगलाई एक ठूलो ब्रान्ड बनाउन सकिन्छ तर, त्यसका लागि क्रिकेट रंगशालाको विषयमा पनि क्याने ध्यान दिनुपर्छ।’

पहिलो सिजनको एनपीएलमा लिगचरण बाटै बाहिरिएको विराटनगर किङ्सका लगानीकर्ता पनि फ्रेन्चाइज क्रिकेट निरन्तर अघि बढ्नेमा ढुक्क छन् । विराटनगरका चार औद्योगिक समूहले निर्माण गरेको म्याड स्पोर्ट्स (एमएडी) मा एमएम ग्रुप, म्याजिक ग्रुप, अरिहन्त ग्रुप र देवनगरा ग्रुपको सामूहिक लगानी छ । उनीहरूले नेपाल क्रिकेट संघ (क्यान) को प्रोटोकलअनुसार क्रिकेटको लगानीलाई निरन्तरता दिने बताए छन् ।

यो समूहमा नेपाली क्रिकेट टिमका पूर्वराष्ट्रिय खेलाडी पारस लुनिया, गल्फका एम्याचोर खेलाडी सुयस प्याकुरेल, अनुज पोद्दार, र वेंकटेश मुन्दडा छन् । लुनिया अरिहन्त ग्रुपका, प्याकुरेल एमएम ग्रुपका, पोद्दार म्याजिक ग्रुपका र मुन्दडा देवनगरा ग्रुपका मालिक हुन् ।

मूहका लगानीकर्ता मध्येका पारस लुनिया र सुयस प्याकुरेलले क्लिकमान्डुसँग एक स्वरमा भने, ‘हाम्रो समूहले मुलुकको क्रिकेट विकासका लागि फ्रेन्चाइज क्रिकेट अनि विराटनगर किङ्सलाई निरन्तरता दिनेछ ।’

ब्रान्ड भ्यालुएसन र क्रिकेटमा बढ्ने स्पोन्सर नै लगानी असुलीको आधार बन्ने अपेक्षा गरिएको उनीहरुको भनाइ छ ।

यसपटक लिग चरणबाटै बाहिरिए पनि आगामी वर्षका लागि अहिलेदेखि नै तयारी थाल्ने विराटनगरका लगानीकर्ताको भनाइ छ। क्रिकेट पूर्वाधारमा लगानी थप गर्ने र अर्कोपटक एनपीएल जित्ने गरि लाग्ने उनीहरुको उद्घोष छ ।

लिगलाई निरन्तरता दिने विषयमा क्यान भने पहिलेदेखि नै ढुक्क छ । क्यानले आफैं आयोजना गरेको प्रतियोगिता भएका कारण लिग टिकाउ हुने प्रवक्ता छुम्बी लामा बताउँछन् । क्रिकेटको एनपीएल मात्र होइन नेपाली खेलकुदमा अन्य केही लिगहरु सञ्चालनमा आएका छन् भने केही आउने तयारीमा छन् ।

नेपाली फुटबलमा फ्रेन्चाइज लिगले अखिल नेपाल फुटबल संघसँग ८ वर्षको सम्झौता गरेको छ । तेस्रो सिजनको तयारीमा भएको नेपाल सुपर लिगका लागि फ्रेन्चाइजी टोली उत्साहित छन् । नेपाल सुपर लिग आउने फागुनमा सञ्चालन हुनेछ ।

यता भलिबलमा नेपाल भलिबल संघले इन्फिनिटी ड्रिम्स र केडिया ग्रुपसँग सात–सात वर्षका लागि फ्रेन्चाइज लिग गर्नका लागि सम्झौता गरेको छ । भलिबलको महिलातर्फको भलिबल लिग सम्पन्न भइसकेको छ भने पुरुषतर्फको लिग हुने तयारीमा छन् ।

यता नेपाल कबड्डी संघले पनि भारतीय कम्पनीलाई लिग गर्नका लागि दिएको छ । दश वर्षसम्मका लागि हरेक महिना संघलाई ३० लाख दिने सम्झौताका साथ एस्ट्रोनिक्ससँग १० वर्षका लागि सम्झौता गरेको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार ००:००  १२ : २८ बजे

Motorable bridge constructed with investment of over Rs 131.2 million

KATHMANDU: Foreign Minister Dr Arzu Rana Deuba has congratulated her

Rs 60 million worth ginger sold in Triveni rural municipality

RUKUM PASCHIM: Triveni rural municipality of Rukum Paschim district has

Farmers struggle for fertilizer despite full warehouse in Siraha

KATHMANDU: Farmers in Siraha are facing difficulties in accessing chemical

Two teenage girls found dead in Achham

Two teenage girls, Saraswati Khadka (15) and Ishara Khadka (14),

Two arrested on charges of gangrape in Kailali

KATHMANDU: Two people have been arrested on charges of gang-raping