बुटवल। रुपन्देहीको एक मात्र बुटवल उपमहानगरपालिकाको निर्वाचनमा नेपाली काँग्रेसले पहिलो पटक वडामा खाता खोलेको छ । उपमहानगरको १९ वडामध्ये आज भएको वडा नंं १३ को मतगणनामा नेपाली कांग्रेसका नारायणसिंह पुन विजयी भएका छन । उनले एक हजार ७६५ मत प्राप्त गरेर विजयी भएका हुन । उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का योग गुरुङले एक हजार ३६३…