तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि कम्पनी छनोट

काठमाडौँ । तल्लो अरुण जलविद्युत् परियोजना सार्वजनिक-निजी साझेदारी अवधारणाअन्तर्गत ढाँचामा विकास गर्न भारतको एएसजेभिएन लिमिटेड छनोट भएको छ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बोर्डको ४६औँ बैठकले अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका आधारमा सूचीकृत भएका कम्पनीको मूल्याङ्कन गरी सो निर्णय गरेको हो । कूल क्षमता ६७९ मेगावाट रहेको सो परियोजना प्रदेश…