काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् माग बढ्न थालेपछि लोड व्यवस्थापनमा समस्या पर्दै गएको छ । आन्तरिक रुपमा उत्पादन गरिरहेका जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन कम भएपछि लोड व्यवस्थापनमा समस्या भएको हो । हिउँद लागेपछि नदीमा पानीको बहाव कम भएकोले समस्या उत्पन्न भएको हो । कुल उत्पादन क्षमताको करिब ५० प्रतिशतको हाराहारीमा मात्रै आयोजनाबाट विद्युत् उत्पादन…